6 months ago
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ ।
नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले गरेको बलिङ प्रदर्शनलाई सुखद अन्त्य गराएका थिए ।
स्कटल्याण्डका लागि माइकल लिस्कले सम्मानजनक योगफलसम्म पुर्याएका थिए । अन्तिम ओभरमा दीपेन्द्रबाट बोल्ड हुनुअघि लिस्कले ४६ बलमा ४४ रनको योगदान दिए ।
टस जितेर बलिङ गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट सुरुवात गर्दै सुरुवाती ५ ओभरमै ५ विकेट लिएको थियो । पहिलो ओभरको अन्तिम बलमा दीपेन्द्रले बायाँ हाते ओपनर मार्क वाटलाई बोल्ड गरेका थिए ।
लगत्तै अर्को ओभरको तेस्रो बलमा जर्ज मुन्से करणको बलमा दीपेन्द्रबाट क्याच आउट भए । यो करण केसीको १ सयौं टि२०आई विकेट पनि थियो । लगत्तै अर्को बलमा लियाम नेलर लोकेश बमको थ्रोमा रनआउट भएपछि स्कटल्याण्ड १०-३ को अवस्थामा पुग्यो ।
चौथो ओबर्को चौथो बलमा करणले फिन्ले मक्रिथलाई पनि क्याच आउट गराए । पाँचौ ओभरमा ललित राजवंशीले ब्रेन्डन मक्मलेनको विकेट लिएपछि घरेलु टोली २४-५ को दयनीय अवस्थामा पुग्यो ।

पाँचौ विकेटका लागि माइकल लिस्क र कप्तान म्याट क्रसले संयमित ब्याटिङ गर्दै ३९ रनको साझेदारी गरे । तर १३ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले कप्तान क्रसलाई १५ रनमा बोल्ड गरे । लगत्तै क्रिस मक्ब्राइडलाई पहिलो बलमै बोल्ड गर्दै सन्दीपले लगातार विकेट लिए । उनले उक्त ओभरमा मेडन समेत राखे ।
स्कटल्याण्डको आठौं विकेट पनि सन्दीपकै नाममा रह्यो । उनले १७ औं ओभरमा सफियान सरिफलाई गुगली फ्याँक्दै एलबीडब्लु धरापमा परे । सरिफले १४ बलमा ६ रन बनाएका थिए । त्यसको २ बलपछि नै उनले ज्याक जार्भिसलाई बोल्दै गर्दै स्कटल्याण्डलाई ८१-९ को स्थितिमा पुर्याए ।
समग्रमा नेपालका लागि करण र दीपेन्द्रले २-२ तथा ललितले १ विकेट लिए ।
आज नेपाल सिरिजको पहिलो जितको खोजीमा छ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । अंक तालिकामा स्कटल्याण्ड २ अंकसाथ शीर्ष स्थानमा छ । नेपालले भने खाता खोल्न बाँकी छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]