default_image

6 months ago

June 19, 2025

जीवनदान पाएका कुशलको अर्धशतक पूरा

1157 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् ।

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशलले टि ट्वान्टी आई करियरको ११औं अर्धशतक पूरा गरेका हुन् । उनले ३८ बलमा अर्धशतक पूरा गरेका थिए ।

कुशलले ९.४ ओभरमा ४४ रन बनाउँदा विक्रमजित सिंहको बलमा नोहा क्रोसबाट क्याच छुट्दा जीवनदान पाएका थिए ।

कुशलले टि ट्वान्टी आईको ६० खेल खेल्दै ११ अर्धशतक पूरा गरेका हुन् । कुशलको नाममा टि ट्वान्टी आईमा १ शतक समेत रहेको छ । नेदरल्याण्ड्सविरुद्ध ९औं खेलमा उनको यो चौथो अर्धशतक हो ।

नेपालले अहिले ११ ओभरको समाप्तीमा ९६ रन बनाउँदा २ विकेट गुमाएको छ । क्रिजमा अहिले कुशलको साथमा कप्तान रोहित पौडेल रहेका छन् । नेपाल नेदरल्याण्ड्सले दिएको १ सय ७५ रनको मध्यम लक्ष्य पछ्याइरहेको छ ।

टस जितेर नेपालले बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको मध्यम योगफल तयार गर्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.