default_image

6 months ago

June 19, 2025

नेदरल्याण्ड्समाथि नेपालको जित

5404 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।

नेपाल ६ विकेटले विजयी भयो । १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका ओपनर कुशल भुर्तेलले महत्वपूर्ण इनिङ खेल्दै अर्धशतक पूरा गरे। ५१ बल खेलेका उनले ६ चौकाको सहयोगमा सर्वाधिक ६५ रनको बनाए । ६० टि ट्वान्टी आईमा यो उनको ११औं अर्धशतक हो । उनले ३८ बलमा अर्धशतक पूरा गरे ।

कुशलले ९.४ ओभरमा ४४ रन बनाउँदा विक्रमजित सिंहको बलमा नोहा क्रोसबाट क्याच छुट्दा जीवनदान पाए ।

टि ट्वान्टी आईमा कुशलको नाममा १ शतत छ । नेदरल्याण्ड्सविरुद्ध नवौं खेलमा उनको यो चौथो अर्धशतक हो ।

नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे ‌। आसिफ ६ बलमा ७ रनमा आउट भए । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग ५४ रनको साझेदारी गरे ।

भीमले १६ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे । भीमको यो टि ट्वान्टी आई डेब्यु खेल हो । नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।

तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेलले कुशलसँग खास साझेदारी गर्न सकेनन् । रोहित ७ बलमा ५ रनमा आउट भए । चौथो विकेटका लागि आरिफ शेखसँग कुशलले सानदार साझेदारी गरे । उनीहरुले २७ बलमा ४४ रनको साझेदारी गरे । आरिफ २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रनमा रिटार्यट हर्ट भए ।

पाँचौ विकेटका लागि आरिफसँग उपकप्तान दीपेन्द्रले २० बलमा २७ रनको साझेदारी गरे । दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे । लोकश बम ४ बलमा १२ रनमा अविजित रहे । लोकेशले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।बपहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको बनायो ।

नेदरल्याण्ड्स ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । लेविट करण केसीको बलमा रोहितबाट क्याच भए ।

पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग ३३ बलमा ६३ रनको साझेदारी गरे । दुईबीचको साझेदारी सन्दीप लामिछानेले तोडे । सन्दीपले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गरेका हुन् ।

रोइलेफ भान डर मिर्वो २१ बलमा ३६ तथा आर्यान दत्त १८ बलमा १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करणले २ तथा सन्दीप, रुपेश सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रले समान १ विकेट लिए ।

जितसँगै ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको नेपाल ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सिरिजको अन्तिम खेल खेलेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा झरेको छ । स्कटल्याण्ड तेस्रो स्थानमा छ।

सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याण्ड्स विजयी भएको थियो ।

नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.