6 months ago
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो ।
नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ ।
नेपालको ओडिआई तथा टि ट्वान्टी आईको खेल अहिलेलाई सकिएको छ । अबको ३ महिना पछि मात्र नेपालीको औपचारिक खेल छ । यसबीचमा टि ट्वान्टी विश्वकप एसिया छनोटको तयारी स्वरुप नेपालले भारत, श्रीलंका तथा अस्ट्रेलिया भ्रमण गर्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले तयार पारेको २०२५ को वार्षिक क्यालेण्डर अनुसार स्कटल्याण्डबाट फर्किए लगत्तै नेपाली टोली श्रीलंका भ्रमण गरि विश्वकप छनोटको लागि तयारी गर्नेछ । त्यसपछि अर्को महिनामा नेपाली टोलीको भारत तथा अस्ट्रेलिया भ्रमणमा हुनेछ ।
विश्वकप छनोटको अन्तिम तयारी स्वरुप सेप्टेम्बर २७, २८ र ३० तारिखमा नेपालले वेस्ट इण्डिजसँग टि ट्वान्टी आई सिरिज खेल्नेछ । युएईको शारजाह क्रिकेट स्टेडियममा हुने खेलको आयोजक भने नेपाल रहेको छ ।
नेपालमा रहेको अन्तर्राष्ट्रिय मैदान टियु क्रिकेट मैदान निर्माणाधिन रहेको अवस्थामा खेल शारजाहमा हुन लागेको हो ।
नेपालले अक्टोबरको पहिलो साता ओमानमा टि ट्वान्टी विश्वकप छनोट खेल्ने भएकाले पनि उक्त प्रतियोगिताको तयारीस्वरुप शारजाहमा खेल गर्न लागिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।
‘विश्वकप छनोटको तयारीका लागि ओमान र शारजाहको वातावरण उस्तै छ । वेस्ट इन्डिजका सबै खेलाडी उपलब्ध हुने र वहाँहरुको यात्रा व्यवस्थापनमा सहजताका लागि आग्रह भएअनुसार युएईमा खेल हुन लागेको हो,’ प्रवक्ता छुम्बी लामाले भने ।
त्यस लगत्तै नेपालले ओमानमा टि ट्वान्टी विश्वकपको एसिया छनोट खेल्नेछ । ओमानमा विश्वकप छनोट खेलेपछि नेपालले लगत्तै युएईमा विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्यो सिरिजमा नेपालले घरेलु टोली तथा अमेरिकाको सामना गर्नेछ ।
युएई सिरिज लगत्तै नेपालमा ओमान र युएई सहभागी त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]