default_image

6 months ago

June 23, 2025

एसिसी यु-१६ कप – नेपाल र जापान भोलि खेल्ने

1412 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले आफ्नो दोस्रो खेलमा भोलि जापानसँग खेल्दैछ ।

नेपाल र जापानबीचको खेल कोजल टुन्कु जाफर ओभरलमा नेपाली समय अनुसार मंगलवार बिहान ७ः४५ बजे सुरु हुनेछ ।

नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिंगापुर तथा जापानले भुटानलाई पराजित गरेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार प्रतियोगिता जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।

नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।

हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो ।

नेपाली यु-१६ टोली

विपिनप्रसाद शर्मा(कप्तान), सुर्याशुं कोइराला(उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.