default_image

6 months ago

June 23, 2025

भारतका केएल र ऋषभको शतक

1318 views

0 Bookmark

एजेन्सी – ओपनर केएल राहुल र उपकप्तान ऋषभ पन्तको शतकमा भारत इङ्ग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा विशाल लक्ष्य तर्फ अघि बढेको छ ।

पहिलो इनिङमा ६ रनले अघि रहेको भारतले चौथो दिनको चिया समय सम्म ४ विकेट गुमाएर २ सय ९८ रन बनाएको हो । भारतले घरेलु टोलली ३ सय ४ रनको अग्रता लिएको छ ।

भारतका लागि दोस्रो इनिङमा ऋषभ १ सय १८ रनको शतकीय पारी खेले । दुवै इनिङमा शतक बनाउने उनी दोस्रो विकेट किपर हुन् । यसअघि यो सफलता जिम्बाब्वेका लागि एन्डी फ्लावरले प्राप्त गरेका थिए । पहिलो इनिङमा पनि ऋषभले १ सय ३४ रनको शतकीय पारी खेलेका थिए ।

ऋषभ इङ्ग्ल्याण्डविरुद्ध दुवै इनिङमा शतक बनाउने पहिलो भारतीय ब्याटर हुन् । राहुल १ सय २२ रनमा अविजित छन् । उनलाई करुण नायरले साथ दिइरहेका छन् ।

त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिएको थियो। पहिला ब्याटिङ गरेको भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा ४ सय ६५ रन जोडेको थियो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.