6 months ago
June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।
लुम्बिनील मार्की र कप्तान रोहितकुमार पौडेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । लुम्बिनीबाट रिटेन हुने अन्य खेलाडीमा विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम छन् ।
लुम्बिनीले बुधवार विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सुची सार्वजनिक गरेको हो ।

साना साना कुरामा ध्यान दिदै युवा तथा राम्रा विदेशी खेलाडी सहित टोलीलाई हरेक कोणबाट शसक्त बनाउने योजनासहित लुम्बिनीले एनपिएलको दोस्रो सिजनमा राम्रो प्रदर्शन गर्ने तथा हरेक समर्थकको अपेक्षा पूरा गर्ने जनाएको छ ।
रिटेन खेलाडी
रोहित पौडेल
विवेक यादव
सन्दीप जोरा
दिनेश अधिकारी
तिलकराज भण्डारी
अभिषेष गौतम
रिलीज खेलाडी
सुर्य तामाङ
आशुतोष घिरैया
अर्जुन साउद
विकास आग्री
आरिफ खान
दुर्गेश गुप्ता
सुदूरपश्चिम रोयल्स र चितवनले पनि रिटेन र रिलिज खेलाडीको सुची यसअघि नै सार्वजनिक गरिसकेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]