6 months ago
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रसिद्ध जैसीको शतकमा नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा इण्डोनेसियाविरुद्ध ४ सय २० रन बनाएको छ।
मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर विशाल योगफल तयार गर्यो ।
नेपालको लागि ओपनर प्रसिद्धले १ सय १४ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय ३२ रनको शतकीय इनिङ खेले । पहिलो विकेटका लागि ओपनर प्रसिद्धले अर्का ओपनर परिमार्जन यादवसँग ६२ बलमा १ सय ३२ रनको विशाल साझेदारी गरे ।
परिमार्जनले २८ बलमा ४ चौका र ८ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय इनिङ खेले । दोस्रो विकेटका लागि क्रिजमा आएका शिवान्स बजगाईंले ६ बलमा ४ रन बनाए ।
प्रसिद्धले तेस्रो विकेटका लागि रौनक श्रीवास्तवसँग मिलेर १ सय ३६ बलमा १ सय ४८ रनको साझेदारी गरे । रौनकले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रनको अर्धशतकीय इनिङ खेले ।
पाँचौ विकेटका लागि सुगम बुढाथोकी र जोय थापाकाबीचमा ५७ बलमा ७४ रनको साझेदारी भयो । जोय ४१ बलमा ७ चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले ।
छैठौं विकेटका लागि सगम र रोशन शाहीबीच बलमा ३३ रनको अविजित साझेदारी भयो । सुगम ३४ बलमा ३९ तथा रोशन १० रनमा अविजित रहे ।
इण्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ तथा कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १ विकेट लिए । नेपाल र इण्डोनेसिया दुवैको त्यो तेस्रो खेल हो । नेपाल आफ्नो दुवै खेलमा विजयी भएको थियो ।
इन्डोनेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो। अर्कोतर्फ पहिलो खेलमा सिंगापुरसँग पराजित इण्डोनेसियाले दोस्रो खेलमा भुटानमाथि जित निकालेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् ।
नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल मंगलवार भुटानसँग खेल्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]