default_image

9 years ago

March 5, 2017

केन्याविरुद्ध खेल्ने क्रिकेट टोलीको घोषणा

136 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी फाल्गुन २८ र ३० गते हुने केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

nepal-cricket-national-team-noida-tour-2-8

पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरीले स्थान बनाएका छन। केन्याविरुद्ध हुने दुइ खेलको तयारीका लागि नेपाली टोलीले भर्खरै भारतमा तीन अभ्यास खेल खेलेको थियो। २ जित र १ हरको सामना गरेको अभ्यास खेलमा सुनिल धमलाले उत्कृष्ट प्रदर्शन गरेका थिए। शारीरिक अस्वस्थताका कारण कप्तान पारस खड्का भारत भ्रमणमा उपस्थित थिएनन्

अलराउण्डर मेहबुब अलामले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन ।नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्लसंगै शरद भेषावकर,शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, भुवन कार्की, विनोद भण्डारी,करण केसी, सन्दिप लामिछाने र आरिफ शेख छन् ।

राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथ भने बैकल्पिकमा परेका छन। १९ सदस्यीय टोलीमा परेर भारत भ्रमणमा सामेल भएका आसिफ शेख भने वैकल्पिकमा पनि परेनन।

छनोट समितिमा कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र आईसीसीका प्रतिनिधि राजु बैंकटपति रहेका छन्।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.