default_image

6 months ago

July 1, 2025

नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग खेल्ने

7065 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पाकिस्तान र बंगलादेशको ‘ए’ टिमसँग खेल्ने भएको छ ।

नेपाली टोली अगस्टमा खेल्ने टप इण्ड टि ट्वान्टी सिरिजमा दुवै पाकिस्तान र बंगलादेश ‘ए’ टिमको सहभागिता पनि पक्का भएको छ ।

अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मंगलवार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा पाकिस्तान र बंगलादेश ‘ए’ को सहभागिता रहने जनाएको छ ।

नेपाली टोलीले अस्ट्रेलियामा टि ट्वान्टी विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । त्यसको तयारीका लागि त्यो सिरिज खेल्न लागिएको हो।

सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने क्यानले जनाएको छ । टप इण्ड टि ट्वान्टी सिरिजमा पाकिस्तान ‘ए’ टिमको लगातार तेस्रो सहभागिता हो । बंगलादेश ‘ए’ टिमले यसअघि सन् २०२३ को त्यि प्रतियोगितामा भाग लिएको थियो ।

सिरिजका खेलहरु डार्विनमा रहेको डिएक्ससि एरिना, टिआइओ स्टेडियम तथा काज्लिस् एरिनामा सिरिजका खेल खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.