6 months ago
July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली कर्णाली याक्सले दोस्रो संस्करणका लागि आज रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।
कर्णालीले मार्की र कप्तान सोमपाल कामीलाई रिटेन गरेको सोमवार नै जानकारी गराएको थियो । कर्णालीले आज थप ६ रिटेन खेलाडीको नाम सार्वजनिक गरेको हो ।
रिटेन हुने अन्य खेलाडीमा यु १९ का कतान विपिनप्रसाद शर्मा, गुलशन झा, अर्जुन घर्ती, दीपेन्द्र रावत, नन्दन यादव र युनिस विक्रम सिंह रहेका छन् ।

यसका साथै कर्णालीले ५ खेलाडीलाई रिलिज गरेको छ । देव खनाल, मौषम ढकाल, दिपक डुम्रे, रित गौतम र भुवन कार्की रिलिज भएका छन् ।
रिटेन खेलाडी
सोमपाल कामी
गुलशन झा
विपिनप्रसाद शर्मा
अर्जुन घर्ती
दीपेन्द्र रावत
नन्दन यादव
युनिस विक्रम सिंह
रिलिज हुने खेलाडी
देव खनाल
मौषम ढकाल
दिपक डुम्रे
रित गौतम
भुवन कार्की
सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले आगामी अगस्टमा एनपिएलको दोस्रो संस्करणका लागि अक्सनको आयोजना गर्दैछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]