6 months ago
July 2, 2025
एजेन्सी – कप्तान शुभमन गिलको शतकमा पाहुना टोली भारतले दोस्रो टेस्टमा घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध राम्रो सुरुवात गरेको छ ।
इङ्ग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिदा ५ विकेट गुमाउँदै ३ सय १० रन बनाएको छ ।
भारतका कप्तान गोलले १ सय १४ रनमा अविजित छन्। रविन्द्र जडेजा नटआउट ४१ रनमा छन् । ओपनर यसश्वी जैसवाल ८७ रन बनाए । करुण नायर ३१, ऋषभ पन्त २५, केएल राहुल २ तथा नितिश कुमार रेड्डी १ रनमा आउट भए ।
घरेलु टोलीका लागि क्रिस वोक्सले २ तथा बायडन कार्स, बेन स्टोक्स र सोयब बसिरले समान १ विकेट लिए ।
५ टेस्टको सिरिजमा घरेलु टोली १-० ले अघि छ । पहिलो टेस्ट इङ्ग्याल्डले ५ विकेटले जितेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]