5 months ago
July 2, 2025
एजेन्सी – कप्तान शुभमन गिलको शतकमा पाहुना टोली भारतले दोस्रो टेस्टमा घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध राम्रो सुरुवात गरेको छ ।
इङ्ग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिदा ५ विकेट गुमाउँदै ३ सय १० रन बनाएको छ ।
भारतका कप्तान गोलले १ सय १४ रनमा अविजित छन्। रविन्द्र जडेजा नटआउट ४१ रनमा छन् । ओपनर यसश्वी जैसवाल ८७ रन बनाए । करुण नायर ३१, ऋषभ पन्त २५, केएल राहुल २ तथा नितिश कुमार रेड्डी १ रनमा आउट भए ।
घरेलु टोलीका लागि क्रिस वोक्सले २ तथा बायडन कार्स, बेन स्टोक्स र सोयब बसिरले समान १ विकेट लिए ।
५ टेस्टको सिरिजमा घरेलु टोली १-० ले अघि छ । पहिलो टेस्ट इङ्ग्याल्डले ५ विकेटले जितेको थियो ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]