6 months ago
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक जनकपुर बोल्ट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ७ खेलाडीको रिटेन गरेको छ ।
जनकपुरले सामाजिक संजालमार्फत ७ खेलाडी रिटेन गरेको जनाएको हो । मार्की खेलाडी आसिफ शेखसहितका ७ खेलाडीलाई रिटेन गरेको हो ।
टोलीले कप्तान अनिल साह, ललितनाराण राजवंशी, शुभ कसांकार, तुलबहादुर थापा, किशोर महतो र रुपेश सिंहलाई रिटेन गरेको छ ।

जनकपुरले अन्य ५ खेलाडीलाई रिलिज गरेको छ । रिलिज हुने खेलाडीहरुमा आकाश त्रिपाटी, विशाल शुस्लिङ्ग, हेमन्त धामी, अरनिको यादव र शेर मल्ल रहेका छन् ।
रिटेन खेलाडी
आसिफ शेख
अनिल साह
ललितनाराण राजवंशी
शुभ कसांकार
तुलबहादुर थापा
किशोर महतो
रुपेश सिंह
रिलिज खेलाडी
आकाश त्रिपाटी
विशाल शुस्लिङ्ग
हेमन्त धामी
अरनिको यादव
शेर मल्ल
गत संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउदै जनकपुर च्याम्पियन भएको थियो ।
एनपिएलको पहिलो संस्करणमा मार्की खेलाडी बाहेकको खेलाडीलाई कप्तान बनाउने जनकपुर एक मात्र टोली रहेको थियो । अन्य सात टोलीले मार्की खेलाडीलाई नै टोलीको कप्तानीको जिम्मा दिएका थिए ।
सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्टमा एनपिएलको दोस्रो संस्करणका लागि अक्सनको आयोजना गर्दैछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]