default_image

6 months ago

July 3, 2025

परिमार्जन ‘प्लेयर अफ द म्याच’

1729 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाविरुद्धको सेमिफाइनल खेलमा नेपालका ओपनर परिमार्जन यादव ‘प्लेयर अफ द’ म्याच भएका छन् ।

मलेसियाविरुद्धको खेलमा महत्वपुर्ण अर्धशतक बनाएका परिमार्जन ‘प्लेयर अफ द म्याच’ भएका हुन् । परिमार्जनले मलेसियासँगको खेलमा ३५ बलको सामना गरेका थिए ।

उनले खेलमा ५ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक रूपमा अविजित ५९ रन बनाएका थिए ।

मलेसियालाई ९ विकेटले हराउदै डिफेन्डिङ च्याम्पियन नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनलमा स्थान बनाएको छ ।

९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालले अब उपाधीका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.