default_image

6 months ago

July 3, 2025

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक

1698 views

0 Bookmark

एजेन्सी – शुभमन गिलको कीर्तिमानी सानदार दोहोरो शतकमा भारतले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङसमा ५ सय ८७ रन बनाएको छ।

भारतले ५ विकेटको नोक्सानीमा ३ सय १० रनबाट दोस्रो दिन बिहीवार ब्याटिङ सुरु गरेको थियो। गिल
१ सय १४ रर र रविन्द्र जडेजाले ४१ रनबाट दोस्रो दिनको खेल अघि बढाएका थिए।

२५ वर्षीय कप्तान गिलले रकेर्डको वर्षा नै गरे। उनले ३ सय ८७ बल खेलेर ३० चौका र ३ छक्काका सहित २ सय ६९ रनको लोभलाग्दो इनिङ खेले।

उनी इङ्ल्याण्डमा टेस्ट खेलमा दोहोरो शतक प्रहार गर्ने पहिलो एसियाली कप्तान बनेका छन्। उनी इङ्ल्याण्डमा सर्वाधिक रन बनाउने भारतीय कप्तान पनि बने।

सन् १९९० मा मोहम्मद अजहरुद्दीनले बनाएको १ सय ७९ रनको कीर्तिमान तोडे। साथै उनी इङ्ल्याण्डमा टेस्ट खेलमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी पनि बने। यसअघि सन् १९७९ मा द ओभलमा सुनिल गावस्करले २ सय २१ रन बनाएका थिए।

गिल टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने २६ औं भारतीय खेलाडी बनेका छन्। अहिलेसम्म १२ भारतीय खेलाडीले एक–एक दोहोरो शतक बनाइसकेका छन्।

उनी १३ औं खेलाडीका रुपमा त्यो सूचीमा थपिएका छन्। यो भारतीय खेलाडीद्वारा बनाइएको ५० औं दोहोरो शतक पनि हो। विराट कोहलीले ७ पटक दोहोरो शतक प्रहार गर्दै सबैभन्दा बढी दोहोरो शतक बनाउने भारतीय खेलाडीको कीर्तिमान राखेका छन्।

गिल टेस्ट कप्तानका रुपमा दोहोरो शतक बनाउने पाँचौँ भारतीय खेलाडी बनेका छन्। यसअघि विराट कोहली, सचिन तेन्दुलकर, एमएस धोनी, गावस्कर र मन्सूर अली खान पटौदीले कप्तानका रुपमा दोहोरो शतक बनाएका छन्।

गिल टेस्ट र एकदिवसीय दुवैमा दोहोरो शतक बनाउने चौथो भारतीय खेलाडी पनि बने। यसअघि यो उपलब्धि रोहित शर्मा, सचिन तेन्दुलकर र वीरेन्द्र सेहवागको नाममा मात्र रहेको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.