5 months ago
July 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका नियमित सदस्य लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो टि ट्वान्टी आईको बलिङ वरीयतामा सन्दीपले १ स्थान सुधार गरेका हुन् । सन्दीप ७४औं स्थानमा रहेका छन् । अर्का स्पिनर ललित राजवंशी ५४औं स्थानमा कायमै छन् ।
टि ट्वान्टी आईको बलिङ वरीयतामै दीपेन्द्रसिंह ऐरी ८१औं स्थानमा यथावत छन् । टि ट्वान्टी आईको अलराउण्ड वरीयतामा दीपेन्द्र तेस्रो स्थानमा यथावत कायम छन् ।
टि ट्वान्टी आईको ब्याटिङ वरियतामा भने दीपेन्द्र ६१औं स्थानमा यथावत रहँदा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख र कुशल भुर्तेल पनि यथा स्थानमा नै छन् ।
आइसिसीको ओडिआई तर्फको बलिङ वरीयतामा भने दिपेन्द्रले १ स्थान सुधार गरेका छन् । दीपेन्द्र ७७औं स्थानमा रहँदा सन्दीप र ललितको वरीइयता भने खस्किएको छ । ब्याटिङ तर्फ भने कुशल, आसिफ र कप्तान रोहित शीर्ष १ सयमा अटाएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]