5 months ago
July 9, 2025
एजेन्सी – आइसिसी टि ट्वान्टी विश्व कपको युरोपियन छनोटमा इटलीले स्कटल्याण्डलाई पराजित गरेको छ ।
नेदरल्याण्ड्समा जारी प्रतियोगितामा बुधवार इटलीले स्कटल्याण्डलाई १२ रनले हराएको छ। यो जितमा इटलीले पहिलो पटक विश्वकपमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
स्कटल्याण्डको विश्व कप छनोट सम्भावना कमजोर बनेको छ । १ सय ६८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।
स्कटल्याण्डका ओपनर जर्ज मुन्सीले ६१ बलमा ७२ रनको अर्धशतकीय इनिङ खेले । कप्तान रिची बरिंग्टन ४६ रनमा अविजित रहे । इटलीका लागि ह्यारी मनिन्टीले ४ ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
इटलीका इमिलियो गेयले २१ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले ।
ग्रान्ट स्टेवार्थ ४४ रनमा अविजित रहे । ह्यारी मनिन्टी ३८ तथा जस्टिन मोस्का ११ रनमा आउट भए । तेस्रो खेलमा दोस्रो जित निकालेको इटली ५ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा छ ।
युरोपियन छनोटमा ५ राष्ट्र सहभागी छन्। शीर्ष दुई टोली विश्व कपमा छनोट हुनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]