5 months ago
July 10, 2025
काठमाडौं (हामो खेलकुद) – टि ट्वान्टी विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीवार जारी गरेको समूह विभाजनमा नेपाल र कुवेत एकै समूहमा रहेका हुन् । प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ ।
समूह बि मा नेपाल र कुवेतका साथ जापान रहेको छ । समूह ए मा युएई, मलेसिया र कतार छन् । समूह सी मा ओमान, पपुवा न्यु गिनी र समओ रहेका छन् ।
हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् । विश्वकप एसिया तथा पूर्वी एसिया छनोट अक्टोबर १० देखि १७ सम्म आयोजना हुनेछ ।
आइसिसीका अनुसार समूह चरणको खेल ८ देखि १० अक्टोवर सम्म तथा सुपर सिक्सको खेल १२ देखि १७ अक्टोवरसम्म आयोजना हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]