default_image

5 months ago

July 10, 2025

भारतले टस हार्यो

528 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट खेलमा पाहुना टोली भारतले टस हारेको छ ।

इङ्ग्ल्याण्डमा टस जितेर घरेलु टोलीका कप्तान बेन स्टोक्सले ब्याटिङ रोजेका छन् । टस हारेको भारतले बलिङको निम्तो पाएको छ ।

दोस्रो टेस्टमा रहेका खेलाडीमा दुवै टोलीमा समान एक परिवर्तन भएको छ । भारतीय टोलीमा जसप्रित बुमराहले पुनरागमन गर्दा प्रसिद्ध कृष्णा बाहिरिएका छन् ।

घरेलु टोलीको लागि जोस टंग टोलीबाट बाहिरिदा जोफ्रा आर्चरले मौका पाएका छन् । आर्चरले सन् २०२१ पछि पहिलो पटक टेस्ट खेलमा मौका पाएका हुन् ।

पाँच खेलको टेस्ट सिरिज १-१ को बराबरीमा रहेको छ । पहिलो खेल इङ्ग्ल्याण्डले जित्दा दोस्रो खेलमा भारत विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.