5 months ago
July 11, 2025
एजेन्सी – आयरल्याण्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
उनले आयरल्याण्डमा जारी अन्तर-प्रान्तीय टि ट्वान्टी ट्रफीमा नर्थ-वेस्ट वारियर्स विरुद्ध मुन्स्टर रेड्सका लागि यो उपलब्धि हासिल गरे । उनले २.३ ओभरमा १६ रन दिएर ५ विकेट लिए ।
रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा ५ विकेट लिए । १ सय ८९ रनको लक्ष्य पछ्याउँदै वारियर्स ८८ रनमा अलआउट भयो ।
५ विकेट लिने क्रममा क्याम्फरले पहिलो खेलाडी जेरेड विल्सनलाई १२ औं ओभरको पाँचौं बलमा आउट गराए ।
अर्को बलमा, ग्राहम ह्युम एलबीडब्ल्यूमा फसे । क्याम्फरले त्यसपछिको अर्को ओभरको सुरुमै ह्याट्रिकमा पूरा गरे । यो तब भयो जब एन्डी म्याकब्राइनले १४ औं ओभरको पहिलो बलमै आउट गराए ।
अर्को बलमा क्याम्फरले रोबी मिलरलाई विकेट किपरबाट क्याच आउट गराए । त्यसपछिको बलमा ११ नम्बरका जोश विल्सनलाई बोल्ड आउट गराए ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]