5 months ago
July 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक रुपमा निरन्तरता दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका निम्ति टोलीको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोर्टस प्रा.लिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।
‘पहिलो संस्करणमा पाएको सफलतामा पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्लको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले पनि सहकार्यलाई निरन्तरता दिन पाउँनु खुशीको कुरा हो ,’ निर्देशक घिमिरेले भने ।
सम्झौता अवधि एक वर्ष हुनेछ बताइएको । २०८१ मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म भएको एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
‘नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहनु भएका ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हाम्रो टोलीले पहिलो संस्करणमा शीर्ष चारमा रहँदै प्लेअफसम्मको यात्रा तय गरेको थियो । आगामी संस्करणमा पनि हामीले उहाँको प्रशिक्षणमा टोलीले सफलता हात पार्ने विश्वास छ । प्रशिक्षकको रुपमा उहाँलाई नै निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ,’ कर्णाली याक्स स्पोट्र्स प्रालीका निर्देशक घिमिरेले थपे ।

कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।
अघिल्लो सिजन भारतीय चर्चित ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्दै बलियो दाबेदारी दिने रणनीति तयार पारेको छ ।
नियुक्तीसँगै प्रशिक्षक मल्लले जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै दोस्रो संस्करण काम गर्न उत्साहित भएको बताएका छन् ।
‘कर्णाली याक्स स्पोट्र्स प्रा.लीले एकपटक फेरी मलाई विश्वास गरेर जिम्मेवारी दिएको छ । याक्स परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘पछिल्लो पटक हामीले निकै राम्रो गरेका थियौं । यो पटक त्यस्तै प्रदर्शन गर्दै उपाधि जिताउने योजना बनाएको छु । टोलीका नयाँ खेलाडीसँग काम गर्न निकै उत्साहित छु ।’
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]