9 years ago
March 6, 2017
भैरहवा (हाम्रो खेलकुद)– होराइजन कलेज बुटवलले ब्रिज सिमेन्ट तेश्रो साइ ग्लोबल टि-ट्वान्टी अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

भैरहवा स्थित सिद्धार्थ रंगशालामा सोमबार ग्लोबल कलेज ‘बी’ टिमलाई ४१ रनले पराजित गर्दै होराईजनले उपाधि जितेको हो । उपाधिसहित होराइजनले ३९ हजार रुपैया प्राप्त गर्यो । साई ग्लोबलले २५ हजार रुपैया प्राप्त गर्यो ।
टस जितेर ब्याटिंङ गरेको होराइजनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५३ रन बनाएको थियो । जसमा विशाल खत्रीले सर्बाधिक ४५ रन बनाए । त्यस्तै निर्मल थापाले ४०, गणेश गौडेलले २३ र विशाल सुनारले १० रन जोडे । साइ ग्लोबलका धिरज शाहीले ३ तथा सामोत पौडेल र सन्दीप सुनारले समान १ विकेट लिए ।
प्रतिउत्तरमा १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा साइ ग्लोबलले १८ ओभरमा सबै विकेट गुमाई १ सय १२ रन मात्र बनाउन सक्यो । निश्चल चौधरीले २८, सन्दिप सुनारले २७, आदित्य त्रिपाठीले १९ र सामोत पौडेलले १० रन बनाए । होराइजनका लागि म्यान अफ द फाईनल रहेका गणेश गौडेलले सर्वाधिक ५ विकेट लिए । त्यस्तैसुसन भारीले २ तथा निर्मल थापा, कुशल मल्ल र बिशाल सुनारले एक एक विकेट लिए ।
प्रतियोगितामा म्यान अफ द सिरीज साइ ग्लोबलका सन्दीप सुनार, उत्कृष्ट ब्याट्सम्यानमा न्यूईराको रोहित पौडेल, उत्कृष्ट बलरमा मणिमुकुन्द कलेजका कृष्ण सेन र इमर्जिङ प्लेयर होराइजनका विशाल खत्री घोषित भए ।
नेपाल मोशन चलचित्र एसोसियसनका अध्यक्ष प्रदीप उदय, ब्रिज सिमेन्ट इन्डस्ट्रिजका मार्केटिङ मेनेजर नुमेन्द्र पौडेल, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल, आयोजक साइ ग्लोबल एकेडमी क्लबका अध्यक्ष बिष्णु पन्थी, प्रतियोगिता संयोजक ओम जैशी, साइ ग्लोबल संचालक समितीका अध्यक्ष भार्गब धिताल, प्राचार्य दिपेश भटट्राई, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष खिम बहादुर कार्की, समाजसेवी साबित्री गुरुङ, देबी गुरुङ, मोति पौडेल लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
साइ ग्लोबल एकेडमी क्लबको आयोजना केडिया अगनाइजेसनको उत्पादन ब्रिज सिमेन्ट इंण्डस्ट्रिजको मुख्य प्रायोजन तथा बुद्ध अबोर्ड एजुकेशन कन्सलटेन्सी प्रालि र सुगम आवास निर्माण प्रालि सह प्रायोजन रहेको प्रतियोगितामा रुपन्देहीका १६ क्लबले प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]