default_image

5 months ago

July 17, 2025

तिरहुतलाई सप्तरी प्राइड लिगको उपाधि

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तिरहुत टाइगर्सले लगातार दोश्रो पटक सप्तरी प्राइड लिग को उपाधि जितेको छ।

टाइगर्सले बिहिवार भएको फाइनलमा राजविराज राजदेवी रोयल्स लाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो।

टाइगर्सका ओपनर भोला शाहले अविजित अर्धशतक बनाए। भोलाले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

भोलाले दोश्रो विकेटको लागि निरज यादवसंग अविजित ७९ रनको साझेदारी गरे। निरजले अविजित १८ रन बनाउदा अभिनाश कर्णले १३ रन जोडे। रोयल्सका नितेश यादवले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो।

रोयलको लागि रोहन विकले सर्वाधिक २३ रन बनाए। यस्तै अभिषेक तिवारीले १९ र जितु यादवले अविजित १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टाइगर्सका श्रवण यादवले सर्वाधिक ३, चित्र बहादुर बिस्ट र अनिल यादवले समान २ तथा राहुल मण्डल र अजय यादवको नाममा समान १ विकेट लिए ।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको उपाधि सहित विजेता तिरहुतले २ लाख र दोस्रो भएको रोयल्सले १ लाख रुपैयाँ प्राप्त गर्यो ।

रोयल्सका दिवान पुन प्रतियोगिताको सर्वोत्कृष्ट घोषित भए र उनले २५ हजार रुपैयाँ पाए। प्रतियोगिता भर उनले ४ खेलमा १ सय १ रन बनाउनुको साथै ६ विकेट पनि लिए।

४ खेलमा १ सय ३८ रन बनाएका टाइगर्सका भोला शाह उत्कृष्ट ब्याटर घोषित भए । ४ खेलमा १३ विकेट लिएका टाइगर्सका चित्र बहादुर बिष्ट उत्कृष्ट बलर चुनिए।

उत्कृष्ट ब्याटर र बलरले समान १५ हजार रुपैयाँ पाए। प्रतियोगिताको उदयमान खेलाडी टाइगर्सका अनिल यादव घोषित भए। ८ दिन संचालन भएको प्रतियोगितामा सप्तरी जिल्लाका ८ टोलीको सहभागी थियो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.