default_image

5 months ago

July 18, 2025

न्युजिल्याण्डको लगातार दोस्रो जित

362 views

0 Bookmark

एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ ।

जिम्बाब्वेको हरारेमा शुक्रवार न्युजिल्याण्डले घरेलु टोलीमाथि ८ विकेटको सहज जित हात पारेको हो । १ सय २१ रनको सहज लक्ष्य न्युजिल्याण्डले १३.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्याण्डको जितमा ‘प्लेयर अफ द म्याच’ भएका डेभोन कन्वेले अर्धशतकीय इनिङ खेले । उनले ४० बलको सामना गर्दै ४ चौका र २ छक्काको सहयोगमा अविजित ५९ रन जोडे ।

रचिन रविन्द्र ३० रनमा आउट हुँदा ड्यारेल मिचेल २६ रनमा अविजित रहे । जिम्बाब्वेका लागि टिनोटन्डा मपोसा र ब्लेसिङ मुजरवानीले समान १ विकेट लिए ।

त्यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनायो ।

जिम्बाब्वेका लागि ओपनर वेस्ली मधिभारी ३२ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ३६ रनमा आउट भए । अर्का ओपनर ब्रायन बेननेट २० बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रनमा आउट भए । टाेनी मुन्योङ्गा १३ तथा कप्तान सिकन्दर राजा र रायन बर्ल समान १२ रनमा आउट भए ।

न्युजिल्याण्डका लागि म्याट हेनरीले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए । एडम मिल्ने, कप्तान मिचेल स्यान्टेनर, मिचेल ब्रेसवेल र रचिन रविन्द्रले समान १ विकेट लिए ।

त्रिकोणात्मक सिरिजना दक्षिण अफ्रिका पनि छ । लगातार दुई जितका साथ न्युजिल्याण्ड ४ अंकका साथ शीर्ष स्थानमा छ । जिम्बाब्वे समान खेलमा अंक बिहिन छ । दक्षिण अफ्रिकाको समान खेलबाट २ अंक रहेको छ ।

त्रिकोणात्मक सिरिजमा आइतवार जिम्बाब्वे र दक्षिण अफ्रिकाको बीचमा खेल हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.