9 years ago
March 6, 2017
इटहरी (हाम्रो खेलकुद) – इटहरीमा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधिको लागी सुदूरपश्चिमाञ्चल र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्ने भएका छन । सोमबार डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललार्इ ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। दिनकै दोस्रो खेलमा पूर्वाञ्चललार्इ ७ रनले पराजित गर्दै एपीएफले पनि फाइनलमा स्थान पक्का गरेको हो ।

टस हारेर पहिले बलिङ गरेको सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई १९.२ अाेभरमा ८१ रनमा रोकेको थियो । सुदूरपश्चिमाञ्चलकी कबिता जाेशीले सर्वाधिक ३ विकेट लिइन् भने रेखा रावले २ तथा सुमन विष्ट, सम्झना खड्का र अन्जली चन्दले समान १ विकेट लिए। पश्चिमाञ्चलकी वर्षा रानाले सर्वाधिक २७ रन जाेडिन् भने सरस्वती पुनले १३ रनको योगदान दिइन । दोस्रो ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले रेखा रावलको नटअाउट ३६ रनको योगदान संगै १७ अाेभर ४ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले पूर्वाञ्चलसामु ६६ रनको लक्ष्य प्रस्तुत गरेपनि कसिलो बलिङको मद्दतले ७ रनकाे जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो । निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एपीएफले ६६ रन बनाउदा करूणा भण्डारीले २२ रन जोडिन भने पूर्वाञ्चलकी सरस्वती चाैधरी तथा सवनम रार्इले समान ३/३ विकेट लिए ।
जवाफमा पूर्वाञ्चलले १९ अाेभर २ बलमा ५९ रन बनाउदै सबै विकेट गुमायो । पूर्वाञ्चलकी राेमा थापाले १८ र काजाेल श्रेष्ठले १४ रन बनाइन। एपीएफकी सिता रानामगरले ३ तथा रितु कनाैजियाले २ विकेट लिइन।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]