4 months ago
July 24, 2025
एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा लगातार चौथो जित हासिल गरेको छ ।
न्युजिल्याण्डले आज घरेलु टोली जिम्बाब्वेले पराजित गरेको हो । सिरिजको अन्तिम लिग खेल सहित जिम्बाब्वेले खेलेका चारै खेलमा पराजित भयो ।
हरारेमा भएको सिरिजको आफ्नो चौथो खेलमा जिम्बाब्वे न्युजिल्याण्डसँग ६० रनले पराजित भएको छ। १ सय ९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रनमा समेटियो ।
जिम्बाब्वेका लिग टोनी मुन्योङ्गाले ३० बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४० रन जोडे । ओपनर डिन मेयर्स १८ बलमा २२ तथा टासिंगा मुसेकिवा २१ रनमा आउट भए ।
न्युजिल्याण्डलाई अर्को सहज जित दिलाउन इश सोढीले ४, म्याट हेनरीले २ तथा जाकरी फुल्क्स र मिचेल ब्रेसवेलले समान १ विकेट लिए ।
त्यसअघि हरारे स्पोर्टस क्लबमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
न्युजिल्याण्डका टिम साईफर्ट र रचिन रविन्द्रले अर्धशतक बनाए । साईफर्ट ४५ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७५ रन जोडे ।
दोस्रो विकेटका लागि साईफर्ट र रविन्द्रले १ सय ८ रनको शतकीय साझेदारी गरे । रविन्द्र ३९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाए ।
मिचेल ब्रेसवेल १६ बलमा २६ रनमा अविजित रहँदा टिम रोबिन्सन १० रनमा आउट भए । जिम्बाब्वेका रिर्चाड नगर्भाले ४ तथा टिन्टेन्डा मपसाले २ विकेट लिए ।
यो खेलसँगै त्रिकोणात्मक सिरिजको लिग चरण समाप्त भएको छ । सिरिजको लिग चरणमा शीर्ष दुई रहेका न्युजिल्याण्ड र दक्षिण अफ्रिका फाइनल पुगिसकेका छन् ।
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधिका लागि न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल शनिवार हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]