default_image

4 months ago

July 29, 2025

अस्ट्रेलियाद्वारा सिरिजमा क्लिन स्विप

422 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ ।

पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५-० ले जितेको छ।

१ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन बनाए ।

क्यामरुन ग्रिन १८ बलमा ५ चौकाको सहयोगमा ३२ रन जोडे । टिम डेबिड १२ बलमा ३०, कप्तान मिचेल मार्श ८ बलमा १४ तथा जोस इङ्ग्लिस ५ बलमा १० रनमा आउट भए । आरोन हार्डी २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रनमा अविजित रहे ।

वेस्ट इण्डिजका अकिल होसेनले ३ तथा अल्जारी जोसेफ र जेसन होल्डरले समान २ विकेट लिए ।

त्यसअघि वार्नर पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७० रन बनायो ।

वेस्ट इण्डिजका शिमरन हिटमायरले ३१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

शरफन रादरफार्ड १७ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । जेसन होल्डर २०, म्याथ्यु फोर्ड १५ तथा अकिल होसेन र ब्राण्डन किंग समान ११ रनमा आउट भए ।

अस्ट्रेलियाका बेन ड्वाशुसले ३, नाथन एलिसले २ तथा आरोन हार्डी, सन एबट, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १ विकेट लिए ।

टि ट्वान्टी आई सिरिज अघि भएको ३ टेस्टको सिरिज पनि अस्ट्रेलियाले क्लिन स्विप गरेको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.