default_image

4 months ago

August 4, 2025

वेस्ट इण्डिजविरुद्धको सिरिज पाकिस्तानलाई

424 views

0 Bookmark

एजेन्सी – आयोजक वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आई सिरिज पाकिस्तानले जितेको छ ।

अमेरिकाको फ्लोरिडामा आज भएको तेस्रो टि ट्वान्टी आई खेल १३ रनले जितेसँगै पाकिस्तानले सिरिज २-१ ले जितेको हो । पहिलो खेलमा पाकिस्तानले र दोस्रोमा‌ वेस्ट इण्डिज विजयी भएको थियो।

१ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन मात्र बनाउन सक्यो । वेस्ट इण्डिजका ओपनर अलिक एथानेजले ४० बलमा ८ चौका र १ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय इनिङ खेले ।

शरफन रदरफोर्डले ३५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रन जोडे । ओपनर जोवेल एन्ड्रु २४ रनमा आउट भए । रोस्टन चेस १५ रनमा रिटार्यट आउट हुँदा गुणकेश मोटी १० रनमा अविजित रहे ।

पाकिस्तानका लागि हसन अलि, मोहम्मद नवाज, सैयम अयुब हरिस रउफ र सफियान मुकिमले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार गरेको थियो ।

पाकिस्तानका ओपनरद्वय सहिब्जादा फरहान र सैयम अयुबले अर्धशतक बनाए । फरहानले ५३ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ७४ रन बनाए ।

पहिलो विकेटका लागि फरहान र अयुबले १ सय ३८ रनको साझेदारी गरे । अयुबले ४९ बलमा ४ चौका र २ छक्कासहित ६६ रन बनाए । हसन नवाज १५ रनमा आउट हुँदा खुशदिल शाह ११ तथा फहिम असरफ १० रनमा अविजित रहे ।

वेस्ट इण्डिजका जेसन होल्डर, रोस्टन चेस र शेमार जोसेफले समान १ विकेट लिए । दुई टोलीबीच ३ ओडिआई सिरिज शुक्रवार सुरु हुनेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.