default_image

4 months ago

August 4, 2025

भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट सिरिज बराबरीमा सकियो

506 views

0 Bookmark

एजेन्सी – भारत र घरेलु टोली इङ्ग्ल्याण्डबीचको ५ टेस्टको सिरिज बराबरीमा सकिएको छ ।

ओभलमा सोमवार सकिएको पाँचौ तथा अन्तिम टेस्टमा भारतले ६ रनले विजयी भएसँगै सिरिज २-२ को बराबरीमा सकिएको हो ।

३ सय ७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३ सय ६७ रन मात्र बनाएको थियो । पाँचौ दिनमा जितका लागि घरेलु टोलीलाई मात्र ३५ रनको आवश्यकता रहँदा हातमा ४ विकेट बाँकी थियो । अन्तिम दिनको २८ रन खर्चिएर ४ विकेट लिएपछि भारतले टेस्ट जितेको थियो ।

दोस्रो इनिङमा घरेलु टोलीका लागि जो रुट र ह्यारी ब्रुकले शतकीय पारी खेले । ब्रुकले १४ चौका र २ छक्कासहित १ सय ११ रन बनाए । रुटले १२ चौकाका साथमा १ सय ५ रन जोडे । ओपनर बेन डकेट ५४, कप्तान ओली पोप २७ र ज्याक क्रली १४ रनमा आउट भए ।

भारतका लागि मोहममद सिराजले ३०.१ ओभरमा १ सय ४ रन खर्चिएर ५ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ तथा आकाश दिपले १ विकेट लिए ।

पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेर ३ सय ७३ रनको अग्रता लिएको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २ सय २४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २ सय ४७ रन जोडेको थियो।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.