default_image

4 months ago

August 4, 2025

भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट सिरिज बराबरीमा सकियो

508 views

0 Bookmark

एजेन्सी – भारत र घरेलु टोली इङ्ग्ल्याण्डबीचको ५ टेस्टको सिरिज बराबरीमा सकिएको छ ।

ओभलमा सोमवार सकिएको पाँचौ तथा अन्तिम टेस्टमा भारतले ६ रनले विजयी भएसँगै सिरिज २-२ को बराबरीमा सकिएको हो ।

३ सय ७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३ सय ६७ रन मात्र बनाएको थियो । पाँचौ दिनमा जितका लागि घरेलु टोलीलाई मात्र ३५ रनको आवश्यकता रहँदा हातमा ४ विकेट बाँकी थियो । अन्तिम दिनको २८ रन खर्चिएर ४ विकेट लिएपछि भारतले टेस्ट जितेको थियो ।

दोस्रो इनिङमा घरेलु टोलीका लागि जो रुट र ह्यारी ब्रुकले शतकीय पारी खेले । ब्रुकले १४ चौका र २ छक्कासहित १ सय ११ रन बनाए । रुटले १२ चौकाका साथमा १ सय ५ रन जोडे । ओपनर बेन डकेट ५४, कप्तान ओली पोप २७ र ज्याक क्रली १४ रनमा आउट भए ।

भारतका लागि मोहममद सिराजले ३०.१ ओभरमा १ सय ४ रन खर्चिएर ५ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ तथा आकाश दिपले १ विकेट लिए ।

पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेर ३ सय ७३ रनको अग्रता लिएको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २ सय २४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २ सय ४७ रन जोडेको थियो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.