default_image

4 months ago

August 12, 2025

ब्रेभिसको कीर्तिमानी ब्याटिङमा दक्षिण अफ्रिकाको जित

661 views

0 Bookmark

एजेन्सी – डेवाल्ड ब्रेभिसको अविजित १ सय २५ रनको धमाकेदार इनिङ (५६ बलमा) ले दक्षिण अफ्रिकालाई दोस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाफ ५३ रनले हराएको छ ।

२ सय १९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६५ रनमा समेटिएको थियो।

ब्रेभिसको १२ चौका र ८ छक्काको स्तरीय ब्याटिङले ३ टि ट्वान्टी आई सिरिज १-१ मा बराबरी पुगेको छ। योसँगै अष्ट्रेलियाको टि ट्वान्टी आईमा ९ खेलको जितको श्रृंखला पनि तोडियो।

टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिका सातौं ओभरमा ५७/३ को स्कोरमा संकटमा परेको थियो।

रायन रिकेल्टन १४, एडेन मार्कराम १८ र लुवान–द्रे प्रेटोरियस १० रनमा २० बलको अन्तरालमै आउट भए। त्यसपछि २१ वर्षका ब्रेभिसले अद्भुत ब्याटिङ प्रदर्शन गर्दै खेलको कथा नै बदलिदिए।

ब्रेभिसलाई २२ बलमा ३१ रन बनाएका ट्रिस्टन स्टब्सले राम्रो साथ दिए। दुवैले चौथो विकेटका लागि ९.३ ओभरमा १ सय २६ रन जोडे। जसले दक्षिण अफ्रिकाको पुनरागमनको आधार तयार गर्‍यो। ब्रेभिसले सबै प्रकारका प्रहार देखाउँदै अष्ट्रेलियाली बलिङलाई तहसनहस पारे। उनको स्ट्राइक रेट २२३.२१ रहेको थियो।

दायाँ हाते युवा ब्याट्सम्यान विशेष गरी ग्लेन म्याक्सवेल विरुद्ध आक्रामक रहे । लगातार ६, ६, ४, ६ प्रहार गर्दै अर्धशतक पुरा गरे । यो उपलब्धि हासिल गर्ने उनी तेस्रो सबैभन्दा कम उमेरका दक्षिण अफ्रिकी खेलाडी बने ।

त्यसपछि पनि उनका प्रहारको गति घटेन। मात्र १६ बलमा उनले ५० बाट १ सय रन पूरा गरे । यो दक्षिण अफ्रिकाको दोस्रो छिटो टि‌ ट्वान्टी आई शतक र अष्ट्रेलियाविरुद्धकै सबैभन्दा छिटो शतक हो । १७औं ओभरमा स्टब्स एडम जाम्पाको बलमा आउट भए पनि ब्रेभिस अन्त्यसम्म अविजित रहँदै अष्ट्रेलियालाई दबाब दिए ।

दक्षिणले ७ विकेटको नोक्सानीमा २ सय १८ रन बनाएको थियो। ब्रेभिसको कीर्तिमानी इनिङमा दक्षिण अफ्रिकाले टि ट्वान्टी आईमा अस्ट्रेलिया विरुद्ध सर्वाधिक रन जोड्यो ।

कठिन लक्ष्य पछ्याएको अष्ट्रेलियाको इनिङ सुरुदेखि नै अस्थिर रह्यो। दोस्रो ओभरमा एडेन मार्करामको बलमा ट्राभिस हेड (५) बोल्ड भए । क्वेना मफाकाको बलमा क्यामरुन ग्रीन (९) एनक्वाबायोम्जी पिटरले मिड–विकेटमा क्याच लिए।

मिचेल मार्श र टिम डेभिडले ४८ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले प्रयास गरे। तर मार्श कोर्बिन बोसको बलमा क्याच भए। डेभिडले भने ४ चौका र ४ छक्कासहित २३ बलमा अर्धशतक पूरा गरे। लगत्तै कागिसो रबाडाको स्लो बलमा आउट भए ।

१० ओभर भित्रै अस्ट्रेलियाले ४ विकेटको नोक्सानीमा १ सय ४ रन बनाएको थियो। अष्ट्रेलियाका तल्लो क्रमका ब्याटरले केही राम्रो सुरुवात गरेपनि बोस र मफाकाले समान विकेट लिएपछि अस्ट्रेलियाको गति रोकियो ।
निर्णायक तेस्रो टि ट्वान्टी बिहीवार हुनेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.