default_image

4 months ago

August 13, 2025

पाकिस्तानविरुद्ध वेस्ट इन्डिजलाई ओडिआई सिरिज

354 views

0 Bookmark

एजेन्सी – ट्रिनिडाडमा भएको तेस्रो र अन्तिम ओडिआईमा मोहमद रिजवान कप्तानीमा रहेको पाकिस्तान ९२ रनमा अलआउट गर्दै घरेलु टोली वेस्ट इन्डिजले २‌ सय २ रनले पराजित गरेको छ।

योसँगै वेस्ट इन्डिजले ओडिआई सिरिज २-१ ले आफ्नो पक्षमा पार्दै मंगलवार ऐतिहासिक जित दर्ता गर्‍यो।
२ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका कुनै पनि ब्याटरले सम्हालिएर खेल्न सकेनन् ।

बाबर आजमले पछिल्ला ७२ इनिङमा अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउन सकेका छैनन् । उनी यो खेलमा मात्र ९ रन बनाएर पेभिलियन फर्किए।

पाकिस्तानका साइम अय्युब, अब्दुल्ला शफिक, रिजवान, हसन अली र अब्रार अहमद गरि ५ ब्याटरले खाता नै खोल्न सकेनन्।

वेस्ट इन्डिजका लागि जेयडेन सिल्स उत्कृष्ट प्रदर्शन गर्दै ७.२ ओभरमा मात्र १८ रन खर्चिएर ६ विकेट लिए। गुडाकेश मोटीले २ विकेट र रोस्टन चेसले १ विकेट हात पारे।

पाकिस्तानलाई २९.२ ओभरमै समेट्दै वेस्ट इन्डिजले सन् १९९१ पछि पहिलो पटक द्विपक्षीय ओडिआई सिरिज जितेका छन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.