4 months ago
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीवार भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनायो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ र फरहान अन्सारीले ६ बलमा ११ रन जोडे । एलआरआईका कप्तान अभी थपलियाले ३ विकेट लिए ।
जवाफमा एलआरआई ९.४ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो । एलआरआईका अभीले ६ रन जोडे । प्रसिद्ध जैसीले ३ तथा कमल शाहीले २ विकेट लिए।
विजेताले ३० हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगितामा डिएभीका प्रसिद्ध ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले १ सय ३५ रन बनाउनुका साथै ८ विकेट पनि लिए । प्रसिद्ध नै उत्कृष्ट ब्याट्सम्यान चुनिए । एलआरआईका अभी थपलिया उत्कृष्ट बलर बने ।
विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा आयोजकको २ सहित १५ टोलझले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]