default_image

9 years ago

March 8, 2017

एपिएफ राष्ट्रिय महिला क्रिकेट च्याम्पियन

144 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिममाञ्चललाई इटहरी स्थित डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा बुधबार ८ विकेट हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।
apf

तस्बिरः सीपी पाैडेल

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ५७ रन मात्र बनायो । जवाफमा एपिएफले १४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । एपिएफको लागि सरिता मगरले २२ र सीता राना मगरले १६ रन जोडिन् । सुदूरपश्चिमकी रेखा रावल र डली भट्टले समान १ विकेट लिए ।

त्यसअघि सुदूरपश्चिमञ्चलका लागी सम्झना खड्काले अविजित १६ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफकी रितु कनौजियाले ३ विकेट लिइन् ।

च्याम्पियन एपिएफले उपाधिसहित एक लाख रुपैयाँ र सुदूरपश्चिमाञ्चलले ५० हजारमा रुपैयँ प्राप्त गर्यो । प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी सुदूरपश्चिमकी रेखा रावलले १० हजार रुपैयाँ प्राप्त गरिन् । ब्याट्सवुमन एपिएफकी सीता राना मगरतथा बेष्ट ब्याट्सवमन र करूणा भण्डारी बेष्ट बलर चुनिए । दुवैले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

 

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.