4 months ago
August 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टप एन्ड टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा बङ्गलादेशको ‘ए’ ले नेपाललाई १ सय ८७ रनको चुनौती दिएको छ।
अष्ट्रेलियास्थित डार्विनको डिएक्ससी एरिनामा बङ्गलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो।
ओपनर जिसान अलाम र मोहम्मद नैम शेखले पहिलो विकेटको लागि ६२ रनको साझेदारी गरे। ६ ओभर २ बलमा सन्दीप लामिछानेले पहिलो विकेट लिए। नैम २५ रनमा आउट भए। जिसानले भने उत्कृष्ट प्रदर्शन गरे।
अर्धशतक प्रहार गरेका उनले ७३ रनको योगदान दिए। ४६ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरे। उनलाई नन्दन कुमार यादवले एलबीडब्लु धरापमा पारे।
तेस्रो विकेटको रूपमा सैफ हसन ११ रन जोडेर रन आउट भए। यसपछि कप्तान नुरूल हसन मात्र ५ रनमा करण केसीको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा कमयाड आउट भए। ४ विकेटको नोक्सानीमा बङ्गलादेशले १ सय ५१ रन बनाएको थियो।
लगत्तै रिजन ढकालले मोहीदुल ईस्लामलाई ७ रनमा र टोफेल अहमदलाई ५ रनमा आउट गरे। चौथो क्रमका आतिफ होसेनले उत्कृष्ट ब्याटिङ गरे। उनी अविजित ४८ रनमा रहे। उनले उनले २३ बल खेलेर ९ चौका प्रहार गरे।
बलिङमा रिजनले २ ओभरमा १९ रन दिएर २ विकेट लिए। यस्तै सन्दीप लामिछाने, करण केसी र नन्दन कुमार यादवले समान १/१ विकेट लिए।
नेपालको यो दोस्रो खेल हो। हिजो खेलेको पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। १ सय ७८ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटिएको थियो।
नेपालले पहिलो पटक यो प्रतियोगिता खेलेको हो। नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ। यसपछि नेपालले मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तानको ‘ए टिम सँग प्रतिस्पर्धा गर्नेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]