4 months ago
August 16, 2025
एजेन्सी – ग्लेन म्याक्सवेलले अविजित अर्धशतक बनाएपछि शनिवार अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तेस्रो तथा अन्तिम टि ट्वान्टी आईमा २ विकेटले हराएको छ ।
योसँगै अष्ट्रेलियाले २-१ ले सिरिज जितेको छ। केर्न्सको काजलिज स्टेडियममा भएको निर्णायक खेल निकै रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो।
सुरुवात राम्रो नभए पनि देवाल्ड ब्रेभिसले २२ बलमा ५३ रन बनाउँदै टोलीलाई सम्हालेका थिए। उनले एकै ओभरमा ४ छक्का हानेर खेलको लय फर्काएका थिए। ट्रिस्टान स्टब्सले २५ र रस्सी भ्यान डर डुसेनले अविजित ३८ रन बनाए। अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए।

१ सय ७३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको अष्ट्रेलियाले राम्रो सुरुवात गर्यो। कप्तान मिचेल म्यार्शले ५४ रन बनाउँदै ट्राभिस हेडसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे।
तर त्यसपछि केही ओभरभित्रै अष्ट्रेलियाले लगातार विकेट गुमायो। दक्षिण अफ्रिकाका बलर कोर्बिन बश, क्वेना माफाखा र कागिसो रबाडाले महत्वपूर्ण विकेट लिएर खेल आफ्नो पक्षमा ल्याउने कोशिस गरे।
१८ ओभरपछि अष्ट्रेलियालाई बलअनुसार एक रन चाहिने अवस्था थियो । तर दोस्रो अन्तिम ओभरमा बशले २ विकेट लिएपछि दबाब बढेको थियो।

अन्तिम ओभरबाट १० रन आवश्यक परेको अवस्थामा म्याक्सवेलले उत्कृष्ट शटहरू खेल्दै एक बल बाँकी छँदै टोलीलाई जिताए। उनले ३६ बलमा ८ चौका र २ छक्कासहित अविजित ६२ रन बनाए । उनै खेलको म्यान अफ द म्याच बने।
यो जितसँगै अष्ट्रेलिया पछिल्ला सात टि ट्वान्टी सिरिजमा अपराजित रहँदै आएको छ। दक्षिण अफ्रिका भने पछिल्ला १० टि ट्वान्टी सिरिजमध्ये केवल एक मात्र जित्न सफल भएको छ।
अब यी दुई टोलीबीच ३ ओडिआई सिरिज मंगलबार सुरु हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]