default_image

4 months ago

August 16, 2025

नेपालको लगातार दोस्रो हार

1013 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टी सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।

नेपाल आज आफ्नो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको छ। १ सय ८७ रनको लक्ष्य पछ्याएको नेपालले कुलश मल्लको अर्धशतकसहित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

कुशल मल्ल लगातार दोस्रो खेलमा टोलीका लागि सर्वाधिक रन बनाउने क्रममा ४७ बलमा ६ चौका र १ छक्कासहित नटआउट ५९ रनको योगदान गरे। उनलाई नन्दन यादवले नटआउट १४ रन बनाएर साथ दिए ।

नेपाल फेरि एक पटक ठूलो साझेदारी बनाउन चुकेको छ। आठौं विकेटका लागि अर्धशतक बनाएका कुशल मल्ल र नन्दनले ४७  रन को नटआउट साझेदारी गरे।

दोस्रो विकेटका लागि ओपनर आसिफ शेख र लोकेश बमले ३१ रनको साझेदारी गरे। कुशल र करण केसीले सातौं विकेटका लागि २१ रनको साझेदारी गरे। आसिफले २४ बलमा समान एक छक्का र चौकासहित २८ रन बनाए।

ओपनर कुशल भुर्तेल १२ रन, लोकेश १५, कप्तान रोहित पौडेल १० , करण ७ रन र दीपेन्द्र सिंह ऐरी १ मा आउट भए । गुलशन झा खाता नखोली आउट भए ‌।

बंगलादेश ‘ए’ का रकिबुल हसनले ३, हसन महमुदले २, रिपोन मण्डल र टोफेल अहमदले समान १ विकेट लिए।

अष्ट्रेलियास्थित डार्विनको डिएक्ससी एरिनामा  टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो।

ओपनर जिसान अलाम र मोहम्मद नैम शेखले पहिलो विकेटको लागि ६२ रनको साझेदारी गरे। ६.२ ओभरमा सन्दीप‌ लामिछानेले पहिलो विकेट लिए।‌ नैम २५ रनमा आउट भए। जिसानले भने उत्कृष्ट प्रदर्शन गरे।

अर्धशतक प्रहार गरेका जिसानले ७३ रनको योगदान दिए। ४६ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरे। उनलाई नन्दनले एलबिडब्लु धरापमा पारे।

तेस्रो विकेटको रूपमा सैफ हसन ११ रन जोडेर रन आउट भए। यसपछि कप्तान नुरूल हसन मात्र ५ रनमा करणको बलमा दीपेन्द्रद्वारा आउट भए। ४‌ विकेटको नोक्सानीमा बंगलादेशले १ सय ५१ रन बनाएको थियो।

लगत्तै रिजन ढकालले मोहीदुल ईस्लामलाई ७ रनमा र टोफेल अहमदलाई ५ रनमा आउट गरे। चौथो क्रमका आतिफ होसेनले उत्कृष्ट ब्याटिङ गरे। उनी अविजित ४८ रनमा रहे। उनले उनले २३ बल खेलेर ९ चौका प्रहार गरे।

रिजनले २ ओभरमा १९ रन दिएर २ विकेट लिए। यस्तै सन्दीप लामिछाने, करण र नन्दन यादवले समान १ विकेट लिए।

नेपालको यो दोस्रो खेल हो। हिजो खेलेको पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। १ सय ७८ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटिएको थियो।

नेपालले पहिलो पटक यो प्रतियोगिता खेलेको हो। नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ। यसपछि नेपालले मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तानको ‘ए टिम सँग प्रतिस्पर्धा गर्नेछ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.