default_image

4 months ago

August 16, 2025

नेपालको लगातार दोस्रो हार

1006 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियामा जारी टप एन्ड टि ट्वान्टी सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।

नेपाल आज आफ्नो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको छ। १ सय ८७ रनको लक्ष्य पछ्याएको नेपालले कुलश मल्लको अर्धशतकसहित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

कुशल मल्ल लगातार दोस्रो खेलमा टोलीका लागि सर्वाधिक रन बनाउने क्रममा ४७ बलमा ६ चौका र १ छक्कासहित नटआउट ५९ रनको योगदान गरे। उनलाई नन्दन यादवले नटआउट १४ रन बनाएर साथ दिए ।

नेपाल फेरि एक पटक ठूलो साझेदारी बनाउन चुकेको छ। आठौं विकेटका लागि अर्धशतक बनाएका कुशल मल्ल र नन्दनले ४७  रन को नटआउट साझेदारी गरे।

दोस्रो विकेटका लागि ओपनर आसिफ शेख र लोकेश बमले ३१ रनको साझेदारी गरे। कुशल र करण केसीले सातौं विकेटका लागि २१ रनको साझेदारी गरे। आसिफले २४ बलमा समान एक छक्का र चौकासहित २८ रन बनाए।

ओपनर कुशल भुर्तेल १२ रन, लोकेश १५, कप्तान रोहित पौडेल १० , करण ७ रन र दीपेन्द्र सिंह ऐरी १ मा आउट भए । गुलशन झा खाता नखोली आउट भए ‌।

बंगलादेश ‘ए’ का रकिबुल हसनले ३, हसन महमुदले २, रिपोन मण्डल र टोफेल अहमदले समान १ विकेट लिए।

अष्ट्रेलियास्थित डार्विनको डिएक्ससी एरिनामा  टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो।

ओपनर जिसान अलाम र मोहम्मद नैम शेखले पहिलो विकेटको लागि ६२ रनको साझेदारी गरे। ६.२ ओभरमा सन्दीप‌ लामिछानेले पहिलो विकेट लिए।‌ नैम २५ रनमा आउट भए। जिसानले भने उत्कृष्ट प्रदर्शन गरे।

अर्धशतक प्रहार गरेका जिसानले ७३ रनको योगदान दिए। ४६ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरे। उनलाई नन्दनले एलबिडब्लु धरापमा पारे।

तेस्रो विकेटको रूपमा सैफ हसन ११ रन जोडेर रन आउट भए। यसपछि कप्तान नुरूल हसन मात्र ५ रनमा करणको बलमा दीपेन्द्रद्वारा आउट भए। ४‌ विकेटको नोक्सानीमा बंगलादेशले १ सय ५१ रन बनाएको थियो।

लगत्तै रिजन ढकालले मोहीदुल ईस्लामलाई ७ रनमा र टोफेल अहमदलाई ५ रनमा आउट गरे। चौथो क्रमका आतिफ होसेनले उत्कृष्ट ब्याटिङ गरे। उनी अविजित ४८ रनमा रहे। उनले उनले २३ बल खेलेर ९ चौका प्रहार गरे।

रिजनले २ ओभरमा १९ रन दिएर २ विकेट लिए। यस्तै सन्दीप लामिछाने, करण र नन्दन यादवले समान १ विकेट लिए।

नेपालको यो दोस्रो खेल हो। हिजो खेलेको पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। १ सय ७८ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटिएको थियो।

नेपालले पहिलो पटक यो प्रतियोगिता खेलेको हो। नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ। यसपछि नेपालले मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तानको ‘ए टिम सँग प्रतिस्पर्धा गर्नेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.