4 months ago
August 17, 2025
सुमन अधिकारी, बुटवल
नेपाल क्रिकेट संघ(क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्व अध्यक्ष संजय गुरुङलाई अम्पायरिङ लगायत कुनैपनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउन प्रदेश तथा जिल्ला क्रिकेट संघलाई निर्देशन गरेको छ ।
क्यानको साउन १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गुरुङलाई अर्को निर्णय नभएसम्मको लागि सो निर्णय गरेको आज आइतवार संघका महाप्रवन्धक उत्सव ढुङ्गानाले लुम्बिनी प्रदेश क्रिकेट संघलाई पत्रमार्फत जानकारी दिएका छन् ।
रुपन्देही जिल्ला क्रिकेट संघ र नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघलाई बोधार्थ दिदै लेखिएको पत्रमा भनिएको छ–’लुम्बिनी क्रिकेट संघका पूर्व अध्यक्ष श्री संजय गुरुङले नेपाल क्रिकेट संघ विरुद्ध मुद्दा दायर गर्नुका साथै नेपाल क्रिकेट संघका अध्यक्ष विरुद्ध विभिन्न संचार माध्यमहरुमा नकारात्मक टिका टिप्पणी एवं मिथ्या आरोप लगाएको सम्बन्धमा मिति २०८२ ।४। १५ गते बसेको नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिको बैठकबाट निजलाई अर्को निर्णय नभएसम्मको लागि अम्पायरिङ लगायत कुनैपनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउने निर्णय भएको हुदा निजलाई अप्पायरिङ लगायत कुनैपनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउनुहुन निर्देशन अनुसार अनुरोध गर्दछु ।’

गत जेठ ३ मा कपिलवस्तुको तौलिहवामा भएको प्रदेशको विशेष साधारणसभाले गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदबाट हटाएको थियो । तर गुरुङले आफु विरुद्धको अविश्वास प्रस्ताव कानुनविपरित आएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।
सोहि रिट माथि सुनुवाई गर्दै उच्च अदालत बुटवल इजलासले गुरुङको पक्षमा उत्प्रेषण परमादेश दिन अस्वीकार गर्दै रिट खारेज गरिदिएको थियो । अदालतको उक्त आदेशसंगै लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारण सभाले गुरुङलाई गरेको पदमुक्त गरेको निर्णय सहि ठहरिदै उनी पदमुक्त भएका थिए ।
चैत २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव क्यानमा पठाइएको थियो । सो प्रस्तावमाथि निर्णय गर्नका लागि भन्दै क्यानले विषेश साधारणसभा गर्न पत्र दिएको हो ।
सोहि अनुसार जेठ ३ गते विशेष साधारणसभा आयोजना गरि अविश्वास प्रस्ताव पारित गरिएको थियो ।
गुरुङले आफुलाई पदमुक्त गर्ने साधारण सभाको निर्णय विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा गत जेठ २५ मा रिट निवेदन दर्ता गराएका थिए ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]