4 months ago
August 17, 2025
सुमन अधिकारी, बुटवल
नेपाल क्रिकेट संघ(क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्व अध्यक्ष संजय गुरुङलाई अम्पायरिङ लगायत कुनैपनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउन प्रदेश तथा जिल्ला क्रिकेट संघलाई निर्देशन गरेको छ ।
क्यानको साउन १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गुरुङलाई अर्को निर्णय नभएसम्मको लागि सो निर्णय गरेको आज आइतवार संघका महाप्रवन्धक उत्सव ढुङ्गानाले लुम्बिनी प्रदेश क्रिकेट संघलाई पत्रमार्फत जानकारी दिएका छन् ।
रुपन्देही जिल्ला क्रिकेट संघ र नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघलाई बोधार्थ दिदै लेखिएको पत्रमा भनिएको छ–’लुम्बिनी क्रिकेट संघका पूर्व अध्यक्ष श्री संजय गुरुङले नेपाल क्रिकेट संघ विरुद्ध मुद्दा दायर गर्नुका साथै नेपाल क्रिकेट संघका अध्यक्ष विरुद्ध विभिन्न संचार माध्यमहरुमा नकारात्मक टिका टिप्पणी एवं मिथ्या आरोप लगाएको सम्बन्धमा मिति २०८२ ।४। १५ गते बसेको नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिको बैठकबाट निजलाई अर्को निर्णय नभएसम्मको लागि अम्पायरिङ लगायत कुनैपनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउने निर्णय भएको हुदा निजलाई अप्पायरिङ लगायत कुनैपनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउनुहुन निर्देशन अनुसार अनुरोध गर्दछु ।’

गत जेठ ३ मा कपिलवस्तुको तौलिहवामा भएको प्रदेशको विशेष साधारणसभाले गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदबाट हटाएको थियो । तर गुरुङले आफु विरुद्धको अविश्वास प्रस्ताव कानुनविपरित आएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।
सोहि रिट माथि सुनुवाई गर्दै उच्च अदालत बुटवल इजलासले गुरुङको पक्षमा उत्प्रेषण परमादेश दिन अस्वीकार गर्दै रिट खारेज गरिदिएको थियो । अदालतको उक्त आदेशसंगै लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारण सभाले गुरुङलाई गरेको पदमुक्त गरेको निर्णय सहि ठहरिदै उनी पदमुक्त भएका थिए ।
चैत २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव क्यानमा पठाइएको थियो । सो प्रस्तावमाथि निर्णय गर्नका लागि भन्दै क्यानले विषेश साधारणसभा गर्न पत्र दिएको हो ।
सोहि अनुसार जेठ ३ गते विशेष साधारणसभा आयोजना गरि अविश्वास प्रस्ताव पारित गरिएको थियो ।
गुरुङले आफुलाई पदमुक्त गर्ने साधारण सभाको निर्णय विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा गत जेठ २५ मा रिट निवेदन दर्ता गराएका थिए ।

December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]