default_image

4 months ago

August 18, 2025

नेपालको लगातार तेस्रो हार

1051 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ।

नेपाललाई आज मेलबर्न स्टार्सले नेपाललाई ३१ रनले हरायो। जितको लागि १ सय ७६ रनको चुनौती पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटियो।

ओपनर कुशल भुर्तेल १३ बल खेल्दै ४ चौका सहित २५ रन जोडेर पहिलो विकेटको रुपमा पबिलियन फर्किए। लगतै भीम सार्की मात्र १ रनमा आउट भए। दुई विकेट गुमाउँदा नेपालले ३२ रन जोडेको थियो।

तेस्रो विकेटको लागि आसिफ शेख र कप्तान रोहित पौडेलले ८७ रनको साझेदारी गरे। यो क्रममा आशिफले अर्धशतक प्रहार गरे। ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै उनले अर्धशतक बनाए। रोहित ३३ रनमा आउट भए।

यसपछि आसिफ ५३ रन जोडेर रन आउट हुन भए। नेपालको लागि उनले नै सर्वाधिक रन जोडे। लगत्तै आश गरिएका दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए।

पाँचौं विकेटको नोक्सानीमा नेपालले १ सय २४ रन बनाएको थियो। कुशल मल्ल पनि ११ रनमा आउट भए। आरिफ शेख अविजित ८ रनमा रहे।

बलिङमा अष्टिन एनलेजार्क र डाउ वारेनले समानले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।

ओपनर क्याम्पबेल केलावे २ रनमा सोमपाल कामीको बलमा आउट हुँदा मेलबर्न स्टार्सले मात्र २ रन बनाएको थियो।

तर यसपछि थोमस रोजर्स र बेल्क म्याकडोलान्डले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे। उनीहरूले १ सय २२ रनको साझेदारी गर्दै इनिङ्स उकासे। दुवैले अर्धशतक बनाए।

यो साझेदारी सन्दीप लामिछानेले तोडे। ४७ बल खेलेका बेल्कले ७ चौका र २ छक्का सहित ७४ रनको सानदार ब्याटिङ गरे। थोमसले ४६ रन जोडे। उनले ४६ बलको सामना गर्दै ७ चौका र १ छकमका प्रहार गरे। साम हर्पे अविजित ११ रनमा रहे।

बलिङमा सन्दीपले ३ विकेट लिए। ४ ओभर बलिङ गर्दै उनले २६ रन खर्चे। सोमपाल र सहाब अलामले १/१ विकेट झारे।

नेपालको यो तेस्रो हार हो। यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइक र बङ्गलादेशको ‘ए’ टिमसँग हारेको थियो। अब नेपालले होबार्ट ह्युरिकेन्ससँग भोलि खेल्नेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.