4 months ago
August 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ।
नेपाललाई आज मेलबर्न स्टार्सले नेपाललाई ३१ रनले हरायो। जितको लागि १ सय ७६ रनको चुनौती पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटियो।
ओपनर कुशल भुर्तेल १३ बल खेल्दै ४ चौका सहित २५ रन जोडेर पहिलो विकेटको रुपमा पबिलियन फर्किए। लगतै भीम सार्की मात्र १ रनमा आउट भए। दुई विकेट गुमाउँदा नेपालले ३२ रन जोडेको थियो।
तेस्रो विकेटको लागि आसिफ शेख र कप्तान रोहित पौडेलले ८७ रनको साझेदारी गरे। यो क्रममा आशिफले अर्धशतक प्रहार गरे। ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै उनले अर्धशतक बनाए। रोहित ३३ रनमा आउट भए।
यसपछि आसिफ ५३ रन जोडेर रन आउट हुन भए। नेपालको लागि उनले नै सर्वाधिक रन जोडे। लगत्तै आश गरिएका दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए।
पाँचौं विकेटको नोक्सानीमा नेपालले १ सय २४ रन बनाएको थियो। कुशल मल्ल पनि ११ रनमा आउट भए। आरिफ शेख अविजित ८ रनमा रहे।
बलिङमा अष्टिन एनलेजार्क र डाउ वारेनले समानले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।
ओपनर क्याम्पबेल केलावे २ रनमा सोमपाल कामीको बलमा आउट हुँदा मेलबर्न स्टार्सले मात्र २ रन बनाएको थियो।
तर यसपछि थोमस रोजर्स र बेल्क म्याकडोलान्डले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे। उनीहरूले १ सय २२ रनको साझेदारी गर्दै इनिङ्स उकासे। दुवैले अर्धशतक बनाए।
यो साझेदारी सन्दीप लामिछानेले तोडे। ४७ बल खेलेका बेल्कले ७ चौका र २ छक्का सहित ७४ रनको सानदार ब्याटिङ गरे। थोमसले ४६ रन जोडे। उनले ४६ बलको सामना गर्दै ७ चौका र १ छकमका प्रहार गरे। साम हर्पे अविजित ११ रनमा रहे।
बलिङमा सन्दीपले ३ विकेट लिए। ४ ओभर बलिङ गर्दै उनले २६ रन खर्चे। सोमपाल र सहाब अलामले १/१ विकेट झारे।
नेपालको यो तेस्रो हार हो। यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइक र बङ्गलादेशको ‘ए’ टिमसँग हारेको थियो। अब नेपालले होबार्ट ह्युरिकेन्ससँग भोलि खेल्नेछ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]