default_image

4 months ago

August 19, 2025

एसिया कपका लागि भारतको टोलीको घोषणा, गिलको पुनरागमन

903 views

0 Bookmark

एजेन्सी – शुभमन गिलले टि ट्वान्टी एसिया कपका लागि भारतको टोलीमा पुनरागमन गरेका छन् । जहाँ उनले अक्षर पटेलको स्थान लिँदै उपकप्तानको भूमिका पाएका छन्।

मंगलवार छनोट समितिबाट चयन गरिएको १५ सदस्यीय टोलीको कप्तानी सूर्यकुमार यादवले गर्नेछन्। टोलीमा अभिषेक शर्मा र संजू सामसन अन्य दुई ओपनिङ खेलाडीको रुपमा समावेश छन्। तर, उपकप्तानको रुपमा गिललाई प्राथमिकता दिइएको छ । श्रेयस ऐयर टोलीमा परेरन भने यशस्वी वैकल्पिक खेलाडीको सूचिमा छन् ।

गिलले जुलाई २०२४ मा श्रीलंकासँगको टि ट्वान्टी सिरिजमा उपकप्तानको रुपमा खेलेका थिए । तर त्यसपछि भारतले उनलाई टेस्ट र एकदिवसीय खेलमा प्राथमिकता दिएर टि ट्वान्टी टोलीबाट बाहिर राखिएको थियो । अक्षर पटेलले जनवरीमा इङ्ग्ल्यान्डविरुद्धको घरेलु टि ट्वान्टी सिरिजमा उपकप्तानको भूमिका निर्वाह गरेका थिए ।

अब गिलले यो वर्षको च्याम्पियन्स ट्रफी जित्नमा महत्त्वपूर्ण भूमिका खेलेपछि र इङ्ग्ल्यान्डमा भएको ५ टेस्टको एन्डरसन–तेन्दुलकर ट्रफीमा २–२ को बराबरी दिलाएपछि पुनः टि ट्वान्टी टोलीमा फर्किएका हुन्। उनले आइपिएल २०२५ मा गुजरात टाइटन्सका लागि १५५.८७ स्ट्राइक रेटसहित ६ सय ५० रन बनाएका थिए।

एसिया कप भारतको जनवरीमा इङ्ग्ल्यान्डसँगको घरेलु टि ट्वान्टी सिरिजपछि पहिलो टि ट्वान्टी प्रतियोगिता हो। भारत समूह ’ए’ मा पाकिस्तान, ओमान र युएईसँग छ । भारतले पहिलो खेल सेप्टेम्बर १० मा दुबईमा युएईविरुद्ध खेल्नेछ। त्यसपछि सेप्टेम्बर १४ मा पाकिस्तानसँग र सेप्टेम्बर १९ मा अबुधाबीमा ओमानसँग खेल्नेछ।

भारतको एसिया कप टोली

सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान),हार्दिक पाण्ड्या, अर्शदीप सिंह, अभिषेक शर्मा ,तिलक वर्मा, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा, जसप्रीत बुमराह, वरुण चक्रवर्ती, कुलदीप यादव, हर्षित राणा, रिंकु सिंह,संजू सामसन

वैकल्पिक खेलाडी
प्रसिध कृष्णा, वाशिंगटन सुन्दर, रियान पराग, ध्रुव जुरेल, यशस्वी जयसवाल

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.