default_image

4 months ago

August 19, 2025

महाराजको ५ विकेटसँगै दक्षिण अफ्रिकाको जित

618 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले केन्र्समा अष्ट्रेलियालाई पहिलो ओडिआईमा हराउँदा स्पिनर केशव महाराजले ओडिआईा पहिलो पटक ५ विकेट लिएका छन्।

दक्षिण अफ्रिकाले उक्त मैदानमा अहिलेसम्मकै उच्च स्कोर २ सय ९६ रनको रक्षा गर्दै खेललाई सुरुबाटै नियन्त्रणमा लियो। आठौं ओभरदेखि १७औं ओभरसम्म २९ रनमै ६ विकेट लिँदा महाराजले प्रभावशाली प्रदर्शन गर्दै ३३ रनमा ५ विकेट लिए। उनले अष्ट्रेलियन ब्याटरलाई दबाबमा राखे। जवाफमा अष्ट्रेलिया ४०.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९८ रनमा आउट हुँदै ९८ रनले पराजित भयो ।

महाराजलाई यसअघिको टि ट्वान्टी सिजनमा राखिएको थियो । महाराजले केन्र्समा उत्कृष्ट प्रदर्शन गरेर छोटो फम्र्याटमा आफू अझै प्रभावशाली रहेको सन्देश दिए। अफस्पिनर प्रेनेलन सुब्रायनले पनि डेब्यु खेलमै १० ओभरमा ४६ रन दिएर १ विकेट लिए। त्यसअघि अष्ट्रेलियाका लागि ट्राभिस हेडले पार्ट–टाइम अफस्पिन गर्दै ९ ओभरमा ५७ रनमा ४ विकेट लिए।

दक्षिण अफ्रिकाका ऐडन मार्कराम (८२), म्याथ्यू ब्रिट्जकी (५९) र टेम्बा बावुमा (५१) ले अर्धशतक पूरा गरे । अष्ट्रेलियाको तर्फबाट कप्तान मिचेल मार्शले राम्रो खेले । उनी शतकभन्दा १२ रनले चुके। उनले बेन ड्वार्शुइससँग सातौं विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने कोशिस गरेका थिए ।

मार्श र हेडले पहिलो ७ ओभरमै ६० रन जोडे। हेडले नान्द्रे बर्गरलाई लगातार ५ चौका प्रहार गरेका थिए । तर स्पिन भित्रिएपछि खेलले अर्के मोड लियो । हेडले सुब्रायनको पहिलो बलमै चार्ज गर्दै चुक्दा विकेटकिपर रिकेलटनले स्टम्पिङ गरे। अर्को छेउबाट आएका महाराजले पनि पहिलो बलमै मार्नस लाबुशेनलाई एलबिडब्ल्यु गरे।

महाराजको दोस्रो ओभरको पहिलो बलमै उनले क्यामरुन ग्रीनलाई बोल्ड गरे । यसपछि जोश इंगलिस, एलेक्स केरी र आरोन हार्डीलाई पनि सस्तैमा आउट गर्दै उनले ५ विकेट पूरा गरे। पहिलो इनिङ्समा मार्कराम र रिकेलटनले ९२ रनको ओपनिङ साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। रिकेलटन भाग्यशाली रहे । उनी ८ रनमा रनआउट हुनबाट जोगिएका उनले ३९ रन बनाए ।

मार्करामले ८१ बलमा ८२ रन बनाउँदै आफ्नो १३औं ओडिआई अर्धशतक पूरा गरे। उनले चार वर्षपछि ओपनिङ गरे । बावुमा पहिलो पटक नम्बर ३ मा ब्याटिङ गरे । ट्रिस्टन स्टब्स र डिवाल्ड ब्रेभिसलाई हेडले चार बलभित्र आउट गर्दै दक्षिण अफ्रिकाको मिडल अर्डर भत्काए। बावुमाले पनि अर्धशतक बनाए । पछिल्लो चरणमा वियान मुल्डरले २६ बलमा ३१ रन बनाए । दक्षिण अफ्रिकाले अन्तिम १० ओभरमा ७३ रन जोड्दै ५ विकेट गुमायो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.