default_image

4 months ago

August 20, 2025

जुनियर क्रिकेट लिग सुरु

317 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग मंगलवार मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा सुरु भएको छ ।
प्रतियोगिताको नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले उद्घाटन गरे ।

सोही अवसरमा सिरोहिया र काठमाडौं गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले विजेता टोलीको ट्रफी पनि सार्वजनिक गरे।

सहभागी १६ टोलीका कप्तान र आयोजकका पदाधिकारीलाई काठमाडौं गोर्खाजको मायाको चिनो पनि प्रदान गरियो ।
टि टेन स्वरुपमा भइरहेको प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउने प्रावधान रहेको आयोजक स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले जनाएका छन् ।

एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीको व्यवस्थापनमा भइरहेको लिग कम नकआउट प्रतियोगिताको फाइनल भदौ ६ गते हुनेछ ।
उद्घाटनमा आयोजक एन्जल्सका अध्यक्ष लीलबहादुर पुन र प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिमबहादुर थापालगायतको उपस्थिति थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.