default_image

4 months ago

August 20, 2025

जुनियर क्रिकेट लिग सुरु

321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग मंगलवार मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा सुरु भएको छ ।
प्रतियोगिताको नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले उद्घाटन गरे ।

सोही अवसरमा सिरोहिया र काठमाडौं गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले विजेता टोलीको ट्रफी पनि सार्वजनिक गरे।

सहभागी १६ टोलीका कप्तान र आयोजकका पदाधिकारीलाई काठमाडौं गोर्खाजको मायाको चिनो पनि प्रदान गरियो ।
टि टेन स्वरुपमा भइरहेको प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउने प्रावधान रहेको आयोजक स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले जनाएका छन् ।

एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीको व्यवस्थापनमा भइरहेको लिग कम नकआउट प्रतियोगिताको फाइनल भदौ ६ गते हुनेछ ।
उद्घाटनमा आयोजक एन्जल्सका अध्यक्ष लीलबहादुर पुन र प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिमबहादुर थापालगायतको उपस्थिति थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.