default_image

4 months ago

August 20, 2025

नेपालको लगातार दोस्रो जित

1222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ। सोमपाल कामीको सानदार बलिङमा नेपालले आज मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गर्यो।

जितको लागि १ सय ४० रनको सहज लक्ष्य पछाएको मेलबर्न रेनेगेड्स २० ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो।

मेलबर्नले कमजोर सुरुवात गर्यो। टोलीले ३ विकेटको नोक्सानीमा २६ रन मात्र बनाएको थियो। ओपनर डायलन ब्रासर मात्र २ रनमा सोमपामले बलमा बोल्ड गरे ।

१६ रन बनाएका हयारी डिक्सन कुशल भुर्तेलको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भए। यस्तै कप्तान विल्स सुदरल्याण्ड ६ रनमा सहाब अलामको बलमा आउट भए।

त्यसपछि पनि मेलबर्नको सम्हालिन सकेन। नेपाली बलरले विकेट लिए। ओलिभर पिके १४ रनमा रुपेश सिंहको शिकार बने। यसपछि सोमपालले जल लेमिरेलसई १८ रनमा र अर्जुन नेरलसई ३६ रनमा पबिलियनको बाटो देखाए।

लगत्तै ४ रन जोडेर लाचलान बाङ्स कुशल भुर्तेलको बलमा आउट भए। ८ विकेट गुमाउँदा ९५ रन बनाएको मेलबर्न हार नजिक पुगेको थियो।

त्यसपछि अन्तिम ओभरमा सोमपालले हयारी होक्स्ट्रालाई ११ र कालम‌ स्टोलाई शुन्य रनमा आउट गर्दै नेपाललाई सहज जित दिलाउँदै ५ विकेट लिन पनि सफल रहे।

सोमपालले सानदार बलिङ गर्दै ५ विकेटको सफलता प्राप्त गरे। उनले ४ ओभर बलिङ गर्दै मात्र १७ रन दिंदै सानदार प्रदर्शन गरे। कुशलले ३ तथा सहाब आलाम र रूपेश सिंहले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो।
ओपनर कुशल भुर्तेल १ रनमा र आरिफ शेख १२ रनमा आउट भए। २ नोक्सानीमा नेपालले ३० रन मात्र बनाएको थियो।

त्यसपछि भीम सार्की र कुशल मल्लले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे। भीम २७ रनमा र कुशल २२ बल खेल्दै २९ रनमा पबिलियन फर्किए। कुशल नै नेपालको लागि सर्वाधिक रन जोड्ने खेलाडी बने।
गुलशन झा २ रनमा र सोमपाल रनको खाता नखोली आउट भए।

ब्याटिङमा संघर्ष गरेको नेपालले ६ विकेटको नोक्सानीमा मात्र ८३ रन बनायो। दीपेन्द्रले २७ र लोकेश बमले २४ रन बनाए। रुपेश सिंह अविजित १६ रनमा क्रिजमा रहे।
बलिङमा फर्गस ओ नेल, कालुम स्टो, लाचियन बाङ्स र माइकल आर्चरले समान २ विकेट झारे।

आजको खेलमा कप्तान रोहित पौडेल, सन्दीप‌ लामिछाने, आशिफ शेख, रिजन ढकाल र करण केसीललाई विश्राम दिइएको थियो।

५ खेलमा नेपालको यो लगातार दोस्रो जित हो। लगातार ३ खेलमा हार बेहोरेपछि नेपालले लगातार दुई जितेको हो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.