default_image

4 months ago

August 20, 2025

नेपालको लगातार दोस्रो जित

1221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ। सोमपाल कामीको सानदार बलिङमा नेपालले आज मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गर्यो।

जितको लागि १ सय ४० रनको सहज लक्ष्य पछाएको मेलबर्न रेनेगेड्स २० ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो।

मेलबर्नले कमजोर सुरुवात गर्यो। टोलीले ३ विकेटको नोक्सानीमा २६ रन मात्र बनाएको थियो। ओपनर डायलन ब्रासर मात्र २ रनमा सोमपामले बलमा बोल्ड गरे ।

१६ रन बनाएका हयारी डिक्सन कुशल भुर्तेलको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भए। यस्तै कप्तान विल्स सुदरल्याण्ड ६ रनमा सहाब अलामको बलमा आउट भए।

त्यसपछि पनि मेलबर्नको सम्हालिन सकेन। नेपाली बलरले विकेट लिए। ओलिभर पिके १४ रनमा रुपेश सिंहको शिकार बने। यसपछि सोमपालले जल लेमिरेलसई १८ रनमा र अर्जुन नेरलसई ३६ रनमा पबिलियनको बाटो देखाए।

लगत्तै ४ रन जोडेर लाचलान बाङ्स कुशल भुर्तेलको बलमा आउट भए। ८ विकेट गुमाउँदा ९५ रन बनाएको मेलबर्न हार नजिक पुगेको थियो।

त्यसपछि अन्तिम ओभरमा सोमपालले हयारी होक्स्ट्रालाई ११ र कालम‌ स्टोलाई शुन्य रनमा आउट गर्दै नेपाललाई सहज जित दिलाउँदै ५ विकेट लिन पनि सफल रहे।

सोमपालले सानदार बलिङ गर्दै ५ विकेटको सफलता प्राप्त गरे। उनले ४ ओभर बलिङ गर्दै मात्र १७ रन दिंदै सानदार प्रदर्शन गरे। कुशलले ३ तथा सहाब आलाम र रूपेश सिंहले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो।
ओपनर कुशल भुर्तेल १ रनमा र आरिफ शेख १२ रनमा आउट भए। २ नोक्सानीमा नेपालले ३० रन मात्र बनाएको थियो।

त्यसपछि भीम सार्की र कुशल मल्लले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे। भीम २७ रनमा र कुशल २२ बल खेल्दै २९ रनमा पबिलियन फर्किए। कुशल नै नेपालको लागि सर्वाधिक रन जोड्ने खेलाडी बने।
गुलशन झा २ रनमा र सोमपाल रनको खाता नखोली आउट भए।

ब्याटिङमा संघर्ष गरेको नेपालले ६ विकेटको नोक्सानीमा मात्र ८३ रन बनायो। दीपेन्द्रले २७ र लोकेश बमले २४ रन बनाए। रुपेश सिंह अविजित १६ रनमा क्रिजमा रहे।
बलिङमा फर्गस ओ नेल, कालुम स्टो, लाचियन बाङ्स र माइकल आर्चरले समान २ विकेट झारे।

आजको खेलमा कप्तान रोहित पौडेल, सन्दीप‌ लामिछाने, आशिफ शेख, रिजन ढकाल र करण केसीललाई विश्राम दिइएको थियो।

५ खेलमा नेपालको यो लगातार दोस्रो जित हो। लगातार ३ खेलमा हार बेहोरेपछि नेपालले लगातार दुई जितेको हो।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.