4 months ago
August 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टप एन्ड टी-ट्वान्टी सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १ रनको झिनो अन्तरले हराएको छ। यो सँगै नेपालको सेमिफाइनल पुग्ने संभावना समाप्त भएको छ।
जितको लागि १ सय ४५ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रनमा समेटियो।
ओपनर कुशल भुर्तेल ४ रनमा आउट भए। त्यसपछि अर्का ओपनर आशिफ शेख र कप्तान रोहित पौडेलले दोस्रो विकेटको लागि ५२ रनको साझेदारी गरे। आशिफ २७ रनमा आउट भए। रोहितले अर्धशतक बनाए।
४४ बलमा ६ चौका र १ छक्कासहित रोहित ५२ रन जोडे। यसपछि दीपेन्द्र सिंह ऐरीलाई अन्य खेलाडीले साथ दिन सकेनन्। दीपेन्द्रले भने टोलीलाई जित तर्फ डोर्याएका थिए। अन्तिम ओभरमा जितको लागि ८ रन आवश्यक थियो। तर नेपालले ६ रन मात्र बनाउन सक्यो।
अन्तिम बलमा ३ रन आवश्यक हुँदा १ रन बनाएर दीपेन्द्र रन आउट भए। योसँगै नेपाल १ रनको हार बेहोर्न बाध्य भयो। दीपेन्द्रले २१ बलमा ४१ रन बनाए। बलिङमा मोजम्मद वासिम र फैजल अक्रमले समान २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो। पाकिस्तान विरुद्ध नेपालले राम्रो सुरुवात गर्यो। पहिलो ओभरमा नन्दन यादवले मात्र २ रन दिए।
दोस्रो ओभरमा दीपेन्द्र २ विकेट लिए। १ रन बनाएका माझ सदाकत दीपेन्द्रको बलमा रोहितद्वारा क्याच आउट भए। लगतै २ रन जोडेका मोहम्मद फैक बोल्ड आउट भए। २ विकेट गुमाउँदा पाकिस्तानले मात्र ४ रन बनाएको थियो।
त्यसपछि यासिर खान र अब्दुल समादले तेस्रो विकेटको लागि ४० रनको साझेदारी गरे। १८ रन बनाएका ओपनर यासिर कुशलको बलमा सन्दीप लामिछानेको बलमा क्याच आउट भए। घाज घोरी सोमपाल कामीको बलमा बोल्ड आउट भए। उनले ४ रन बनाए। ४९ रन बनाउँदा पाकिस्तानले ४ विकेट लिए।
११ औं ओभरमा नन्दनले २ विकेट लिए। २५ बल खेलेर २६ रन बनाएका अब्दुल समाद कुशलद्वारा क्याच आउट भए। लगतै ३ रन जोडेका मुबासिर खान छैटौं विकेटको रूपमा पबिलियन फर्किए। ६ विकेटको नोक्सानीमा ६० रन बनाएको पाकिस्तानले ब्याटिङमा संघर्ष गर्यो।
सातौ विकेट सोमपालले लिए। मेहरान मुम्ताज १० रनमा गुलशनद्वारा समातिए। कप्तान ईरफान खानले २६ बलमा ३ चौका र १ छक्का सहित अविजित ४२ रन बनाए।
वालिङमा सोमपालले सर्वाधिक ३ तथा नन्दन र दीपेन्द्र २/२ विकेट लिए। नेपालले खेलेको ६ खेलमा ४ मा हार र २ जितको नतिजा सिरिजको अन्त्य गर्यो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]