default_image

4 months ago

August 22, 2025

बारा क्रिकेटलाई नेशनल इन्फोटेक कलेजको प्रायोजन

238 views

0 Bookmark

सुनिल गाउँले,सिमरा

वीरगन्जको नेशनल इन्फोटेक कलेजले बारा क्रिकेट संघलाई मुख्य प्रायोजन गर्ने भएको छ ।

वीरगञ्जमा शुक्रवार आयोजित कार्यक्रममा बारा क्रिकेट संघका अध्यक्ष प्रभातकुमार चौरसिया र नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार इन्फोटेक कलेजले बारा क्रिकेट टोलीलाई आर्थिक सहयोगसँगै जर्सी, खेल पोशाक र क्रिकेट सामग्री उपलब्ध गराउनेछ।

सम्झौता रकम भने सार्वजनिक गरिएको छैन । सम्झौता अवधिभर बारा क्रिकेट टोलीले अब एक वर्ष नेशनल इन्फोटेकको लोगो रहेको जर्सी लगाउनेछ।

सो अवसरमा बारा क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको थियो । राष्ट्रिय टिमका सदस्य समेत रहेका बाराका कप्तान अनिल साह, पवन सर्राफ, यु-१९ राष्ट्रिय क्रिकेटर साहिल पटेल, निरज यादव, अरनिको यादवले नयाँ जर्सी सार्वजनिक गरेका थिए ।

सम्झौता समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई पूर्व कप्तान विनोद दास र पवन अग्रवाल, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ र कोषाध्यक्ष सुवास जयसवाललगायतको उपस्थिति थियो।

कार्यक्रममा अध्यक्ष चौरसियाले नेसनल इन्फोटेक कलेजलाई धन्यवाद दिँदै सम्झौताले खेलाडीलाई ठूलो हौसला मिलेको बताए। इन्फोटेक कलेजका निर्देशक सिंहले बारा जिल्लाले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा ठूलो योगदान पुर्‍याएको बताए।

सिंहले सम्झौता भएको भन्दा अतिरिक्त सहयोगका लागि पनि आफू तयार रहेको र त्यसका लागि खेलाडीको प्रदर्शन उच्च हुनुपर्ने बताए ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.