4 months ago
August 22, 2025
सुनिल गाउँले,सिमरा
वीरगन्जको नेशनल इन्फोटेक कलेजले बारा क्रिकेट संघलाई मुख्य प्रायोजन गर्ने भएको छ ।
वीरगञ्जमा शुक्रवार आयोजित कार्यक्रममा बारा क्रिकेट संघका अध्यक्ष प्रभातकुमार चौरसिया र नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार इन्फोटेक कलेजले बारा क्रिकेट टोलीलाई आर्थिक सहयोगसँगै जर्सी, खेल पोशाक र क्रिकेट सामग्री उपलब्ध गराउनेछ।
सम्झौता रकम भने सार्वजनिक गरिएको छैन । सम्झौता अवधिभर बारा क्रिकेट टोलीले अब एक वर्ष नेशनल इन्फोटेकको लोगो रहेको जर्सी लगाउनेछ।
सो अवसरमा बारा क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको थियो । राष्ट्रिय टिमका सदस्य समेत रहेका बाराका कप्तान अनिल साह, पवन सर्राफ, यु-१९ राष्ट्रिय क्रिकेटर साहिल पटेल, निरज यादव, अरनिको यादवले नयाँ जर्सी सार्वजनिक गरेका थिए ।
सम्झौता समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई पूर्व कप्तान विनोद दास र पवन अग्रवाल, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ र कोषाध्यक्ष सुवास जयसवाललगायतको उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष चौरसियाले नेसनल इन्फोटेक कलेजलाई धन्यवाद दिँदै सम्झौताले खेलाडीलाई ठूलो हौसला मिलेको बताए। इन्फोटेक कलेजका निर्देशक सिंहले बारा जिल्लाले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा ठूलो योगदान पुर्याएको बताए।
सिंहले सम्झौता भएको भन्दा अतिरिक्त सहयोगका लागि पनि आफू तयार रहेको र त्यसका लागि खेलाडीको प्रदर्शन उच्च हुनुपर्ने बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]