default_image

3 months ago

August 30, 2025

पाकिस्तानसँग अफगानिस्तानको हार

684 views

0 Bookmark

एजेन्सी – कप्तान सलमान आघाले अविजित अर्धशतक र तीब्रगतिका बलर हारिस रऊफले ४ विकेट लिएपछि पाकिस्तानले शुक्रवार त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अफगानिस्तानलाई ३९ रनले पराजित गर्‍यो।

शारजाहमा भएको आघाले ३६ बलमा ५३ अविजित रन बनाए । जसमा ३ छक्का र ३ चौका समावेश थियो। त्यसकै आधारमा पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रन बनायो।

बलिङतर्फ रऊफले ४ विकेट लिएर ३१ रन खर्चिए । शाहिन शाह अफ्रिदीले, स्पिनर मोहम्मद नवाजले समान २ विकेट लिएको १६ हजार दर्शक उपस्थित खेलमा अफगानिस्तान १९.५ ओभरमा १ सय ४३ रनमै अलआउट भयो।

अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाजले २७ बलमा‌ १ छक्का र ३ चौकासहित ३८ रन बनाए। उनले दोस्रो विकेटका लागि सेदीकुल्लाह अतलसँग ५१ रनको साझेदारी गरे। अतलले २३ रन जोडे।

तर रऊफले १२औं ओभरमै लगातार २ विकेट लिँदै पाकिस्तानको पकड बलियो बनाए । उनले अतल र करिम जनतलाई शून्यमा पभेलियन पठाए।

कप्तान राशिद खानले मात्र प्रतिरोध गर्ने प्रयास गरे। उनले १६ बलमा ५ छक्का र १ चौकासहित ३९ रन बनाए । रऊफकै बलमा उनी आउट भएपछि अफगानिस्तानको आशा समाप्त भयो।

त्यसअघि पाकिस्तानको इनिङ्समा आघाले चौथो टि ट्वान्टी आई अर्धशतक पूरा गरे। ओपनर साहिबजादा फरहानले १० बलमा २ छक्का र १ चौकासहित २१ रन जोडे।

आघाले नवाजसँग पाँचौं विकेटका लागि ५३ रनको साझेदारी गरे। नवाजले ११ बलमा २ छक्का र १ चौकासहित २१ रन जोडे। अन्तिम पाँच ओभरमा पाकिस्तानले ५१ रन जोड्दै सानदार स्कोर तयार गर्‍यो।

पाकिस्तानले अब शनिवार आयोजक युएईसँग खेल्नेछ। सिरिजमा तीनै टोलीले एक–अर्कासँग दुई पटक खेल्नेछन्। शीर्ष दुई टोलीले सेप्टेम्बर ७ मा फाइनल खेल्नेछन्।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.