default_image

3 months ago

August 30, 2025

स्कटल्याण्ड र नामिबियाबीचको खेल रद्द

924 views

0 Bookmark

एजेन्सी – क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ।

क्यानाडाको ओन्टारियोस्थित किङ सिटीमा शुक्रवार स्कटल्याण्ड र नामिबियाबीचको ओडिआई वर्षाका कारण सुरु नै नभई रद्द भएको हो ।

टस नै वर्षाका कारण ढिलो भयो। पिचमा भिजेको भागलाई ग्राउन्डस्टाफले अनौठो तरिका अपनाउँदै आगो लगाएर सुकाउने प्रयास गरे पनि बारम्बारको पिच निरीक्षणपछि खेल अन्ततः रद्द गरियो।

अब स्कटल्याण्डले सोमवार आयोजक क्यानाडासँग खेल्नेछ भने सेप्टेम्बर ४ मा नामिबियासँग पुनः भिड्नेछ।
क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको यो चरण बुधवार सुरु भएको हो, जसमा नामिबियाले क्यानाडालाई ५ विकेटले हराएको थियो।

हाल स्कटल्याण्ड २१ खेलमा ११ जितसँगै अंक तालिकाको तेस्रो स्थानमा छ। स्कटल्याण्ड भन्दा अमेरिका र नेदरल्याण्ड्स छन् । क्यानाडा पाँचौं र नामिबिया छैटौं स्थानमा छ। १६ खेलका नेपाल सातौं र युएई आठौं स्थानमा छ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.