default_image

3 months ago

August 30, 2025

बंगलादेशले नेदरल्याण्ड्सलाई हरायो

544 views

0 Bookmark

एजेन्सी – बंगलादेशले एशिया कपको तयारी जितसँगै सुरु गरेको छ। सिल्हेटमा शनिवार भएको पहिलो टि ट्वान्टी आईमा घरेलु टोलीले नेदरल्याण्ड्सलाई ८ विकेटले हरायो।

१३.३ ओभरमै १ सय ३७ रनको लक्ष्य पूरा गर्दै बंगलादेशले ३९ बल बाँकी रहँदा जित निकालेको हो। जुन पछिल्लो १० वर्षमा घरमै भएको सबैभन्दा ठूलो जित (बल बाँकी राखेर) हो।

यसअघि सन् २०१४ टि ट्वान्टी विश्वकपमा अफगानिस्तानलाई ४८ बल बाँकी रहँदा हराएको थियो।
बंगलादेशको जितमा कप्तान लिटन दास र बलर तास्किन अहमद चम्किए।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सलाई तास्किनले सुरुमा दबाबमा राखे । उनले म्याक्स ओ’डाउड, विक्रमजित सिंह, नोआ क्रोस र काइल क्लाइनलाई आउट गर्दै २८ रन खर्चेर ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ४ ओभरमा १९ मात्र रन दिएर १ विकेट लिए । सैफ हसनले २ विकेट झारे।

नेदरल्याण्ड्सका तेजा निडामानुरु २६ र एरियन दत्त ८ बलमा १३ रनमा अविजित रहे पनि टोलीले ८ विकेटको नोक्सानीमा १ सय ३६ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउँदा बंगलादेशले सहज जित हात पार्यो।

कप्तान लिटन दासले २९ बलमा ६ चौका र २ छक्कासहित अविजित ५४ रन बनाए । तन्जिद हसन तामिमले २९ रन जोडे ।

अन्त्यतिर सैफ हसनले १९ बलमा ३६ अविजित रन प्रहार गर्दै जित पक्का गरे। लिटन र सैफबीच २३ बलमै ४६ रनको अविजित साझेदारी भयो।

नेदरल्याण्ड्सका एरियन दत्त र टिम प्रिङ्गलले १-१ विकेट लिए । ३ टि ट्वान्टी आई सिरिजमा बंगलादेशले १-० ले अग्रता बनाएको छ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.