3 months ago
August 31, 2025
एजेन्सी – शारजाहमा जारी टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तानले शनिवार युएईलाई ३१ रनले हराएको छ ।
टस जितेर ब्याटिङ गरेको पाकिस्तानका लागि साइम अयुब र हसन नवाजले अर्धशतक प्रहार गरे। अयुबले ३८ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए ।
नवाजले २६ बलमा ६ छक्का प्रहार गर्दै ५६ रन जोडे। पाकिस्तान २० ओभरमा २ सय ७ रन बनाएर अलआउट भयो।
यसअघि साहिबजादा फर्हान, फखर जमन र कप्तान सलमान आघा सस्तोमा आउट भएपछि अयुब र नवाजले पाकिस्तानलाई उकासेका थिए।
अयुबले आफ्नो चौथो टि ट्वान्टी आई अर्धशतक २५ बलमै पूरा गरे । नवाजले २४ बलमा ५० रन पूरा गर्दै स्पिनर हैदर अलीलाई लगातार ३ छक्का प्रहार गरेका थिए।
नवाजले मोहम्मद नवाजसँग पाँचौं विकेटका लागि २५ बलमा ५७ रनको साझेदारी गरे। मोहम्मद नवाजले १५ बलमा २५ रन बनाए।
अन्तिम पाँच ओभरमा पाकिस्तानले ६४ रन जोड्दा फहीम असरफले १६ रन बनाए। बलिङतर्फ युएईका जुनैद सिद्दिकी र सघिर खानले समान ३ विकेट लिए ।
२ सय ७ रनको लक्ष्य पछ्याउँदा युएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो। असिफ खानले ३५ बलमा ७ छक्का र ५ चौकासहित ७७ रर बनाएर अन्तिम ओभरमा आउट भए।
कप्तान मोहम्मद वासिमले १८ बलमा ३३ रन जोडे तर छैटौं ओभरमा रनआउट भए। सिरिजको अर्को खेलमा सोमवार अफगानिस्तान र युएईबीच हुनेछ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]