default_image

3 months ago

September 3, 2025

दक्षिण अफ्रिकीसँग इंग्ल्याण्डको हार

675 views

0 Bookmark

एजेन्सी – पहिलो ओडिआईमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

लिड्समा मंगलवार भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड २४.३ ओभरमै १ सय ३१ रनमा अलआउट भयो।

स्पिनर केशव महराजले २२ रन खर्चेर ४ विकेट र वियान मुल्डरले ३ विकेट लिए। नन्द्रे बर्गरले सुरुवाती सफलता दिलाउँदै बेन डकेटलाई (५) आउट गरे। जो रुट (१४) पनि छिट्टै पभेलियन फर्किए ।

ओपनर जेमी स्मिथले आक्रामक ब्याटिङ गर्दै ४६ बलमा शतक पूरा गरे। तर उनी कप्तान ह्यारी ब्रुक (१२) रन आउट हुन पुगेपछि साझेदारी जमाउन सकेनन्।

त्यसपछि महराज र मुल्डरको घातक बलिङमा इंग्ल्यान्ड ३ विकेटको नोक्सानीमा ३ विकेटको क्षतिमा १ सय २ बाट १ सय ३१ मा समेटियो।

यो दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा इंग्ल्यान्डको सबैभन्दा न्यून पहिलो इनिङमा स्कोर हो। महराजको बलिङ आँकडा (४/२२) इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकी स्पिनरको उत्कृष्ट प्रदर्शन पनि बन्यो।

जवाफमा दक्षिण अफ्रिकाका उपकप्तान एडेन मार्क्रमले सुरुवातमै आक्रामक ब्याटिङ गर्दै पहिलो ओभरमै ३ चौका प्रहार गरे। उनले २३ बलमै अर्धशतक पूरा गरे ।

मार्क्रमले ५५ बलमा १३ चौका र २ छक्कासहित ८६ रन जोडे। उनको ब्याटिङकै कारण दक्षिण अफ्रिकाले लक्ष्य सजिलै पछ्यायो।

मार्क्रम र डेवाल्ड ब्रेभिसबीच १ सय २१ रनको साझेदारी भयो। अन्ततः ब्रेभिसले आदिल राशिदको बलमा छक्का प्रहार गर्दै २०.५ ओभरमै लक्ष्य पूरा गराए। उत्कृष्ट बलिङ गरेका महराज ‘प्लेयर अफ द म्याच’ घोषित भए।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.