default_image

3 months ago

September 3, 2025

अफगानिस्तानले पाकिस्तानलाई हरायो

657 views

0 Bookmark

एजेन्सी – इब्राहिम ज़द्रान र सिदिकुल्लाह अतलले लगातार अर्धशतक प्रहार गरेपछि अफगानिस्तानले मंगलवार टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा १८ रनले हराएको छ।

सारजाहमा कप्तान रशिद खान, मोहम्मद नबी,फजाहल फारुकी र डेब्यु गरेका बाँया हातका स्पिनर नूर अहमदले समान २ विकेट लिएपछि पाकिस्तान ९ विकेटको नोक्सानीमा १ सय ५१ रनमा सीमित भयो।

ज़द्रान (६५) र अतल (६४) ले अघिल्लो दिन संयुक्त अरब इमिरेट्सविरुद्ध गरेको अर्धशतकलाई निरन्तरता दिँदै १ सय १३ रनको साझेदारी गरे। कप्तान खानले टस जितेर फिल्डिङ रोजेपछि अफगानिस्तानले ५ विकेट गुमाएर १ सय ६९ रन बनायो।

युएईमा जारी यो सिरिजमा लगातार चौथो खेल थियो जहाँ टोलीहरूले पहिलो ब्याटिङ गर्दै सफलतापूर्वक स्कोर बचाए। यूएईले पाकिस्तान र अफगानिस्तानविरुद्ध लक्ष्य पछ्याउने दुवै खेल गुमाएको छ।

ह्यारिस राउफले पहिलो खेलमा ४ विकेट लिएर पाकिस्तानलाई ३९ रनको जित दिलाएका थिए। मंगलवार भने उनले १० नम्बरका ब्याटरको भूमिकामा नटआउट ३४ रन (१६ बल) सहित सर्वाधिक स्कोरर बने।

तर उनको आक्रामक ब्याटिङ ढिलो भयो, किनकि अफगानी स्पिनरहरूले १७ ओभरमै पाकिस्तानलाई ९ विकेट गुमाउँदै १ सय ११ रनमा सीमित गरिसकेका थिए।

तीव्र गतिका बलर फारुकीले पावरप्लेभित्रै २ विकेट लिएर खेलमा अफगानिस्तानले पकड बलियो बनाए । उनले पहिलो बलमै साइम अयुबलाई शून्यमा आउट गरे।
साहिबजादा फरहान (१८) ले २ छक्का प्रहार गरे पनि फारुकीको बलमा बोल्ड भए।

फखर जमनले १८ बलमा २५ रन बनाए। स्पिनरहरूले दुवै छेउबाट आक्रमण गरेपछि उनी टिक्न सकेनन्। कप्तान सलमान अली आघा २० रनमा रनआउट भए।

हसन नवाज ९ रनमा नूर अहमदको पहिलो बलमै सर्ट क्याच भए। त्यसपछि खराब फर्ममा रहेका मोहम्मद ह्यारिस पनि नबीको बलमा आउट भए । त्यतिबेला पाकिस्तानले १२औं ओभरमा ६ विकेट गुमाउँदै ८२ रन बनाएको थियो।

त्यसअघि ज़द्रान र अतलले शतकीय साझेदारी गरे पनि अशरफको ४-२७ को बलिङले अन्तिम ओभरहरूमा रन रोक्यो।

अयुबले पावरप्लेमा ३ ओभर बलिङ गरे। आफ्नो पहिलो ओभरमै रहमानुल्लाह गुरबज (८) लाई आउट गरे। त्यसपछि ज़द्रान र अतलले पावरप्लेपछि सन्तुलित ब्याटिङ गर्दै साझेदारीलाई बलियो बनाए। राउफ, नवाज र सफियान मुकिमले ८ ओभरमा ९५ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन्।

अशरफले अन्तिम तीन ओभरमा सबै ४ विकेट लिए। जसमा ज़द्रान र अतल आउट भए। उनले उमरजई र नबीलाई आउट गरे। जसले गर्दा अफगानिस्तान अन्तिम ५ ओभरमा रन बढाउन असफल भयो।

पाकिस्तान र अफगानिस्तान दुवैको समान ४ अंक छ । युएई अझै अंकविहीन छ। युएई र पाकिस्तानबीच बिहीवार खेल्नेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.